×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अब तीन साता काठमाडौं उपत्यकामा कडा लकडाउन ! मेयर्स फोरमका प्रवक्ता भन्छन्,`लकडाउनको विकल्प रहेन…´

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं उपत्यकामा पुन: तीन साताका लागि लकडाउन गर्ने तयारी भएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण ब्याक फैलिएसंगै पुन: तीन साताका लागि लकडाउन गर्ने तयारी भएको हो । यता महानगर तथा नगरपालिकाका मेयरहरुको संगठन मेयर्स फोरमले कोरोना संक्रमण थप फैलन नदिन र नियन्त्रणमा ल्याउन कम्तिमा दुईदेखि बढीमा तीन साताको कडा लकडाउन गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र सरकारलाई सुझाव दिएको छ ।
विश्वका धेरैजसो मुलुकमा दोस्रो चरणको संक्रमण देखा परेपछि पुनः लकडाउन गरिएका कारण काठमाडौं उपत्यकामा पनि शंकास्पद सबैको स्वाब परीक्षण गर्न र कन्ट्याक्ट ट्रेसिङ्ग गरी महामारी नियन्त्रणको लागि कम्तिमा दुई र बढीमा तीन साताको लकडाउन आवश्यक रहेको फोरमका प्रवक्ताले बताए । उनका अनुुसार फोरमले सरकारलाई आफ्नो प्रस्ताव बुझाएपनि यस सम्बन्धमा अन्तिम निर्णय सरकारले नै गर्नेछ । शनिबारसम्म नेपालमा संक्रमितको संख्या दुई लाख १८ हजार छ सय ३९ रहेको छ भने मृतकको संख्या एक हजार तीन सय पाँच जना पुगेको छ । यता काठमाडौं उपत्यकामा मात्रै संक्रमितहरुको संख्या एक लाख नाघेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: