×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank
SANIMA BANK AD

Exclusive : नेपालमै भेटियो नक्कली नोट छाप्ने कारखाना, बुडाबुडीको धन्दा देखेर प्रहरी नै तीनछक… ! (भिडियो)

CITY EXPRESS AD
NABIL BANK
BIZBAZAR

  • अर्थ सरोकार इन्भेष्टिगेसन ब्युरो 
नोट उर्फ पैसावाला नोट । यहि नोटका लागि अनेक चोट सहेर पनि कष्ट गरिरहेका छन् मान्छेहरु । यहि नोटका लागि दिनरात नभनी मेहेनत गरिरहेका छौं तपाईं हामी पनि । तर यहि नोट नै नक्कली छापेर जनतालाई वेवकुफ बनाई अपराध गर्नेहरुको कारखानामा प्रहरीले छापा मारेको छ । भीमदत्त नगरपालिका–१८ महेन्द्रनगर बजारको २ नम्बर गल्लीस्थित सानु धामीको पसलमा छापा मार्दा नक्कली नोट बनाउनेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
रीतिका बम र यिनी रीतिकाका श्रीमान अनुज शर्मा । महेन्द्रनगर बजारको २ नम्बर गल्लीमा कारखाना नै खोलेर यिनीहरु नक्कली नोट बनाउने दुई नम्बरी धन्दा गर्थे । तर विशेष सुराकीका आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको छ । कारखानामा छापा मारेर उनीहरुलाई पक्राउ गरेपछि प्रहरीले ती दम्पती बस्ने डेरामा खानतलासी गर्दा १ हजार दरका २ वटा नक्कली नोटसहित ल्यापटप १ थान, चार्जर १ थान, फोटोकपी मेसीन १ थान, कैची थान २ थान, किबोर्ड २ थान, माउस १ थान, विभिन्न बैंकहरुको चेकबुक ३ थान, एटिएम, आइएमई कार्ड र नक्कली नोट बनाउनका लागि काटिएका ५० थान फोटोकपी पेपरसमेत बरामद गरेको छ ।
उनीहरुलाई नोटसहित पक्राउ परेका युवकले दिएको सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो । पक्राउ परेका तीनै जनामाथि अदालतबाट मुद्रा सम्बन्धी कसुर मुद्धामा चलाइएको छ भने यस्तो गलत धन्दा गर्ने दम्पत्ति कारागार चलान भइसकेको छ । 
कसरी पुग्यो त प्रहरी यो धुन्दुकारी जोडीसम्म ?
प्रहरी रीतिका र अनुज शर्माको जोडीसम्म पुग्नुभन्दा पहिला कञ्चनपुर प्रहरीले नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय दिपक नाथ रहेका थिए ।नाथलाई हजार दरका ३ वटा नक्कली नोट सहित प्रहरीले पक्राउ गरेपछि यस विषयमा थप अनुसन्धान सुरु भएको थियो । दिपकले भिमदत्त नगरपालिका ४ स्थित एक पसलबाट सामान किनी पैसा दिने क्रममा नक्कली नोट दिएको पाइएपछि उनलाई पक्राउ गरिएको थियो । अन्तत: उनले दिएको जानकारीका आधारमा प्रहरी अपराधी जोडीसम्म पुगेको हो ।
कसरी चिन्ने त नक्कली र सक्कली नोट ?
यसो त सुदूरपश्चिममा नक्कली नोटसहित अपराधीहरु समातिएको यो पहिलो पटक भने होइन । यसअघि पनि यस्ता थुप्रै घटनाहरु सुदूरमा घटेका छन् र सुदूरपश्चिमका विभिन्न ठाउँमा नक्कली नोटहरु भेटिएका छन् । यसो त सुदुरमा मात्र होइन देशभर नक्कली नोटका थुप्रै काण्डहरु सार्वजनिक भएका छन् । केहि फटाहाहरु समातिए पनि नक्कली नोटको धन्दा हुने क्रम नरोकिएका कारण यतिबेला हामी स्वयम् सचेत हुनुको विकल्प देखिंदैन । त्यसैले कुन नोट नक्कली हो र कुन नोट सक्कली हो भन्ने तथ्य तपाईं हामी आफैंले बुझ्न जरुरी छ । र त नोट विज्ञहरुको जानकारीलाई आधार बनाएर हाम्रो टिमले नक्कली नोट कसरी चिन्ने बन्ने विषयमा विशेष अध्ययनसहितको यस्तो सारांश तयार गरेको छ । यो हेर्नुहोस् !
Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal