×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बाढी-पहिरोले बैंकका दुई शाखा बगायो, एक कर्मचारी सम्पर्कविहीन

  • अर्थ सरोकार सम्बाददाता
मनाङ । मनाङ जिल्लामा बाढी पहिरो आउँदा सयौं घर डुबानमा परेसंगै दुई बैंकका शाखा कार्यालय बगाएको छ । मनाङको नासों गाउँपालिका–३ धारापानीमा मर्स्याङ्दी नदीमा पानीको वाहव बढ्दा प्राइम कमर्सियल बैंक र प्रभु बैंकको शाखा कार्यालय बगाएको हो ।
प्रहरीका अनुसार बैंकमा कार्यरत १ कर्मचारी सम्पर्क विहीन भएका छन् । बुधबार दिउँसो आएको बाढीले बैंकको संरचना बगाएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । यस्तै सो गाउँपालिकाको कार्यालय, प्रहरी चौकी र केही होटल बगाएको पनि प्रहरी कार्यालयले जनाएको छ ।
बाढी पहिरोका कारण मनाङका अधिकाशं बस्ती नै डुबानमा पर्दा स्थानीय बासिन्दाहरु विस्थापित हुन पुगेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: