×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक र एनसीसी बैंकको ‘ब्ल्यांक’ चेक दिने प्रतिवादी पक्राउ, २० दिन कैद र ४८ लाख रुपैयाँ जरिवाना

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । रजनी मिश्र र महेश महर्जनको जाहेरीमा प्रहरीले रामेछाप खाँडाखेती गा.पा. वडा नं.७ स्थायी वतन भई काठमाडौं गोकर्णेश्वर न.पा. वडा नं.७, जोरपाटी, नयाँवस्ती बस्ने बर्ष ४५ का सानुकाजी महतलाई पक्राउ गरेको हो । 
उनलाई अदालतले १५ दिन कैद ३५ लाख रुपैया जरिवाना र ५ दिन कैद र १३ लाख जरिवाना गरी कुल २० दिन कैद र ४८ लाख जरिवाना हुने ठहर गरेको थियो । २०७६ सालमा प्रतिवादी महतले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी नेपाल इन्भेष्टमेन्ट बैंक र एन.सि.सि. बैंकको ४८ लाख रुपैंया बराबरको चेक दिएका थिए । 
उनलाई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५९१० बमोजिम उल्लेखित सजाय हुनेछ । साथै उनलाई जिल्ला अदालतमा पेस गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: