×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिद्धार्थ बैंक र अर्थोप्लास्ट रिह्याबबीच सम्झौता, ग्राहकले २५ प्रतिशतसम्मको छुट पाउने

काठमाडौं । सिद्धार्थ बैंक र अर्थोप्लास्ट रिह्याबबीच सम्झौता भएको छ । बैंक र रिह्याबबीच विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी उक्त सम्झौता भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले ललितपुरको अर्थोप्लास्ट रिह्याबमा २५ प्रतिशतसम्मको छुट पाउने भका छन् । सिद्धार्थ बैंकका तर्फबाट हेड अफ सर्कल अफिस-कुमारीपाटी ज्ञानेन्द्र महर्जन र अर्थोप्लास्ट रिह्याब सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक हरीकुमार तामाङले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले अर्थोप्लास्ट रिह्याब सेन्टरमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङमार्फत भुक्तानी गर्दा फिजियोथेरापीको सेवा शुल्कमा २५ प्रतिशतसम्मको छुट पाउने भएका छन् । साथै ग्राहकले  टुम्लिङटारको मनकामना अस्पताल, चितवनको चितवन फिजियोथेरापी र रिह्याबिलीटेशन सेन्टर, पोखराको पार्कल्याण्ड अस्पताल, बुटवलको नवजिवन फिजियोथेरापी र रिह्याबिलीटेशन सेन्टर र धनगढीको न्यूरोप्लास्ट फिजियोथेरापी र रिह्याबिलीटेशन सेन्टरमा उक्त छुट पाउने बैंकले जनाएको छ । यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: