Skip to content
LAXMI SUNRISE BANK

वातावरण दिवसः अर्थ सरोकारकर्मी तिवारीद्धारा फूलका बिरुवा सहयोग, पत्रकार र प्रहरीले सँगै गरे वृक्षारोपण (फोटो-कथा)

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । अर्थ सरोकारकर्मी भूमिदत्त तिवारी (हरी)ले फूलका बिरुवा सहयोग गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा अर्थ सरोकारकर्मी तिवारीले सशस्त्र प्रहरी बल नेपाल बिओपी फूलवारीलाई फूलका बिरुवा सहयोग गरेका हुन् ।

तिवारीले सहयोग गरेको फूलका बिरुवा सशस्त्र प्रहरी बल नेपाल बिओपी फूलवारीका इन्चार्ज तथा सशस्त्र प्रहरी निरिक्षक सुरेन्द्र भण्डारीको संयोजकत्वमा वृक्षारोपण गरिएको छ ।

वातावरण दिवसको अवसरमा आफूहरुलाई फुलका विरुवा सहयोग गरेको भन्दै सशस्त्र प्रहरी निरिक्षक भण्डारीले धन्यवाद ज्ञापनसमेत गरेका छन् । ‘हामीले हाम्रो वातावरण सफा, हरियाली र स्वच्छ राख्नुपर्छ ।’, उनले भने, ‘समाजको यथार्थ समाचार सम्प्रेषणसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत फूलका विरुवा सहयोग गर्नुभएको धन्यवाद ।’

त्यस्तै, अर्थ सरोकारकर्मी तिवारीले पनि वातावरण दिवसको अवसरमा विरुवा सहयोग र वृक्षारोपण गर्न पाएकोप्रति खुसी व्यक्त गरेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK