ARCHIVE
सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले दिए राजिनामा !

काठमाडौँ । सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनिष नारायण जोशीले राजिनामा दिएका छन् । क्यापिटलको संचालक समितिको बैठकले जोशीको राजिनामा स्वीकृत गरिसकेको छ । २०७६ मार्ग १७ गतेको कार्यालय समयपछि जोशी पदीय हैसियतबाट अलग हुने क्यापिटलले जनाएको छ ।