×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सम्पादकीय दायित्वका सम्बन्धमा 
१. हामी समाचार ब्रेक गर्दा पत्रकारिताको मर्यादालाई सधैँ ध्यान दिनेछौं ।
२. हरेक समाचार निर्माण प्रक्रियामा सम्बन्धित सबै पक्षको भनाइ वा राय बुझ्ने प्रयास गर्नेछौँ ।
३. आर्थिक मुद्धामा केन्द्रित समाचारलाई विशेष प्राथमिकता दिई प्रकाशन गर्नेछौँ ।
४. अनलाइन समाचार पोर्टल भएकाले विभिन्न सामाजिक संजालमार्फत यसको प्रमोसन गर्ने क्रममा उत्तेजित, समाजमा विकृति फैलाउने र समाजिक संरचनामा अाँच आउने किसिमका सामग्रीहरुको सहयोग लिने छैनौं ।
५. समाचार प्रकाशन गर्ने क्रममा जानेर वा नजानेर कहीँ कतैबाट गलत समाचार प्रकाशित भएमा यसको छानविन गरी पाठक वा सम्बन्धित पक्षसमक्ष माफी माग्नेछौं । तर यसरी प्रकाशित भएको समाचार हटाउने भने छैनौं ।
समाचार उपलब्धताका सम्बन्धमा 
१. यस अर्थ सरोकार डटकममा नागरिकका विचारलाई प्रमुख प्राथमिकता दिईनेछ ।
२. यस अर्थ सरोकार डटकममा प्रकाशित हुने समाचार यसका प्रयोगकर्तालाई निःशुल्क रुपमा उपलब्ध हुनेछ ।
३. यसको प्रयोग गर्दा हुने प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावको बारेमा स्वयं प्रयोगकर्ता जिम्मेवार हुनेछन्।
४. यो पोर्टलमा संग्रहित सामग्रीहरु प्रचलित कानुनले मागेको खण्डमा बाहेक गोपनीय रहनेछन् ।
समाचार पुन: प्रकाशनका सम्बन्धमा 
१. स्रोत खुलाएरै भएपनि अर्थ सरोकार डटकमको अनुमति विना पोर्टलका कुनै पनि समाचारको पुन: प्रकाशन कुनै पनि अनलाइन पत्रिका वा अनलाइन ब्लगहरुमा गर्न पाइने छैन ।
२. पत्रिकाका हकमा ‘अर्थ सरोकार डटकमबाट साभार’ उल्लेख गरी पुन: प्रकाशन गर्न पाइनेछ । त्यसरी सारिएका समाचारहरु पुन: त्यहि पत्रिकाको अनलाइन संस्करणमा भने राख्न पाइने छैन ।
३. रेडियोको हकमा हाम्रा कन्टेन्टहरुको वाचन गर्दा ‘अर्थ सरोकार डटकमबाट’ भनी उल्लेख गर्नुपर्नेछ ।
४. अर्थ सरोकार डटकमको सदस्य बनेका निश्चित अनलाइनहरुले भने हाम्रो समाचार ‘ब्याकलिंक’ दिएर साभार गर्न सक्छन् ।
विज्ञापनका सम्बन्धमा
१. अर्थ सरोकार डटकममा विज्ञापन प्रकाशन गर्ने कम्पनी / वा फर्म कम्पनी रजिष्ट्रारको कार्यालय, वा आधिकारिक रुपमा नेपाल सरकार अन्तर्गतका कुनै निकायमा दर्ता भएको हुनुपर्नेछ ।
२. यद्यपी व्यक्तिगत सुचना / शुभकामनाका हकमा भने पहिलो नम्बरको नियम लागु हुने छैन ।
३. अर्थ सरोकार डटकममा विज्ञापन गर्दा कम्पनीले भ्याट बिजक जारी गर्नेछ ।
४. जनतालाई ठगी गरिरहेको कुनै पनि कम्पनी, वा संस्थाको विज्ञापन अर्थ सरोकार डटकमलाई जानकारी प्राप्त भएसम्म प्रकाशित गरिने छैन ।
सामाजिक सन्जाल प्रयोग सम्बन्धमा 
 १. अर्थ सरोकार डटकमको फेसबुक पेजमा अपाच्य शब्दहरु प्रयोग गरी वा तस्विरहरु कमेन्ट गरेको खण्डमा विना सूचना त्यस्ता पाठकहरुलाई हामी ब्लक गर्नेछौं ।
२. अर्थ सरोकार को फेसबुक ग्रुपमा अर्थ सरोकारका कन्टेन्टहरु बाहेक हामी केहि पनि पोष्ट गर्न दिंदैनौं ।
३. हाम्रो ट्वीटरको ह्यान्डल दुरुपयोग गरेको भेटिएमा त्यस्ता प्रयोगकर्ताहरुलाई हामी विना सुचना ब्लक गर्नेछौं।
४.  अर्थ सरोकारको फेसबुक पेजमा पठाइएका सन्देशहरुको हामी यथाशक्य छिटो सम्बोधनको प्रयास गर्नेछौं ।
६. हामीलाई पाठकले दिने हरेक प्रतिक्रियाको हामी सम्मान गर्छौं । तर अपशब्द प्रयोग गरेको खण्डमा हामी ती प्रतिक्रियाहरुलाई सम्बोधन गर्न वाध्य हुने छैनौं ।
प्रकाशित सामाग्रीहरु सम्बन्धमा 
१. अर्थ सरोकारमा प्रकाशित / प्रशारित हाम्रा समाचार कन्टेन्ट, भिडियो तथा अडियोको हामी सम्पूर्ण रुपमा जिम्मा लिन्छौं । तर अन्य स्रोतमा इम्बेड गरिएका भिडियोको खण्डमा हामी त्यसको जिम्मा लिंदैनौं । यद्यपी त्यस्ता कन्टेन्ट प्रकाशनपूर्व हामी सचेत भने पक्कै हुन्छौं ।
२. अर्थ सरोकार डटकममा प्रकाशित ‘विज्ञापनका कन्टेन्टह’रुको जिम्मा हामी लिँदैनौं ।  विज्ञापनलाई पाठकले ‘विज्ञापन’ कै रुपमा लिन हामी अनुरोध गर्छौं ।
३. युट्युबको हकमा हाम्रा भिडियो कन्टेन्टहरु अरु च्यानलमा अपलोड गर्न वा फेसबुक पेजमा विना स्वीकृति अपलोड गर्न सख्त मनाही छ ।