×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१. अर्थ सरोकारमा नै विज्ञापन किन ?
नेपाली बजारमा आफ्ना उत्पादन वा सेवाको पहुँच पुर्याउने हो भने हामी उत्तम बिकल्प बन्न सक्छौँ । छोटो सब्दमा भन्नुपर्दा हामी ‘ब्र्यान्डेड’ छौं । गर्वका साथ भन्छौं, ‘आर्थिक अनलाइनहरुमध्ये हामी नेपालको नम्बर वान डिजिटल पत्रिका हौँ ।’ यसमा अरुका पनि दावी नभएका होइनन् । तर हाम्रो दैनिक भिजिटर संख्या, र पाठकको अगाध मायाले हामीलाई आर्थिक अनलाइनहरुमध्ये अग्रणी बनाएको छ । यस अलावा टेलिभिजन, रेडियो र अनलाइन तीनै माध्यमबाट दर्शक / स्रोता र पाठकमाझ पुग्ने हामी नेपालको एक मात्र आर्थिक डिजिटल मिडिया हौँ ।
२. अर्थ सरोकारको बिज्ञापन नीति कस्तो छ ?
अर्थ सरोकारका निश्चित विज्ञापन नीतिहरु छन् । अर्थ सरोकार टेलिभिजन कार्यक्रम र अर्थ सरोकार डटकममा यी नीतिहरु लागू हुन्छन् । अर्थ सरोकार रेडियो कार्यक्रममा विज्ञापन बज्दैन । यो बिज्ञापनरहित रेडियो कार्यक्रम हो । अर्थ सरोकार डटकममा विज्ञापन प्रकाशन गर्ने कम्पनी / वा फर्म कम्पनी रजिष्ट्रारको कार्यालय, वा आधिकारिक रुपमा नेपाल सरकार अन्तर्गतका कुनै निकायमा दर्ता भएको हुनुपर्नेछ ।  यद्यपी व्यक्तिगत सुचना / शुभकामनाका हकमा भने पहिलो नियम लागु हुने छैन । अर्थ सरोकार डटकममा विज्ञापन गर्दा कम्पनीले भ्याट बिजक जारी गर्नेछ ।
३.अर्थ सरोकारमा भिडियो / अडियो बिज्ञापन पनि बज्छ ?
अडियो बिज्ञापन अर्थ सरोकारमा बज्दैन । अडियो बिज्ञापन राख्ने भनेको रेडियोमा हो । हाम्रो रेडियो कार्यक्रम बिज्ञापनरहित सेवा भएकाले हालका लागि हामी अडियो बिज्ञापन राख्दैनौं । अर्थ सरोकारले उत्पादन गर्ने विभिन्न टेलिभिजन कार्यक्रममा हामी भिडियो बिज्ञापन प्रशारण गर्छौं । तर उक्त बिज्ञापन तोकिएको मापदण्ड अनुसार हुनुपर्छ । अर्थ सरोकार डटकममा एनिमेसन गरिएका वा नगरिएका चित्रित विज्ञापनहरु प्रकाशन हुन्छ ।

४. अर्थ सरोकारमा ‘एडभटेरियल’ सामाग्री प्रकाशित / प्रशारित हुन्छ ?
हुन्छ । तर त्यस्ता सामाग्री प्रकाशन / प्रशारण गर्दा स्पष्ट रुपमा दर्शक / पाठकले देख्ने गरी ‘एडभटेरियल’ लेखिएको हुन्छ । तर विज्ञापनलाई नै समाचारको रुप भने अर्थ सरोकारले दिंदैन । प्रेस काउन्सिल नेपालद्वारा जारी पत्रकार आचारसंहितामा स्पष्ट रुपमा बिज्ञापनलाई समाचारको रुप दिनु हुँदैन भन्ने उल्लेख गरिएको छ ।६. अर्थ सरोकारमा बिज्ञापन दर कस्तो छ ? विज्ञापन गर्न कसलाई, कसरी सम्पर्क गर्ने ?
हाम्रो निश्चित विज्ञापन दर छ । त्यो दर सस्तो वा महँगो दुवै छैन । तर अर्थ सरोकार टेलिभिजन कार्यक्रम र अर्थ सरोकार डटकममा ठाउँ र विज्ञापनको लम्बाई हेरेर विज्ञापनको दर राखिएको छ । विज्ञापन दर प्राप्त गर्न [email protected]  मा विषयमा Inquiry for Ad Quotation’ विषय राखेर मेल पठाउनु भयो भने अर्थ सरोकारको मार्केटिङ विभागले तपाईंलाई सम्पर्क गर्छ । वा यसका लागि ९८५१०१७९१४ मा सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।

७. अर्थ सरोकारले तोकेको दरमा  ‘डिस्काउन्ट पोलिसी’ कस्तो छ ? 
बजारमा सामान्यतया भन्ने दर र विज्ञापन राख्ने दरमा ठूलो भिन्नता रहेको पाईन्छ । तर अर्थ सरोकारले त्यो प्रवृतिको अन्त्य गर्ने प्रयास गरिरहेको छ । अर्थ सरोकारले विज्ञापन एजेन्सीको हकमा तोकिएको दरमा १५ प्रतिशत छुट दिन्छ । विज्ञापन राख्नु अगावै रकम भुक्तानी भएमा थप १०% छुट दिन्छ । त्यसभन्दा बढी हाम्रो कुनै प्रकारको छुट दिने नीति छैन ।  ‘एडभटेरियल’ कन्टेन्टमा भने आपसी समझदारीमा छुट प्रदान गर्न सकिन्छ ।

८. अर्थ सरोकारले कस्तो विज्ञापन प्रकाशन / प्रशारण गर्दैन ?
पत्रकार आचारसंहिता विपरितका कन्टेन्टहरु भएमा, तोकिएको फर्म्याटमा नभएमा, वा रोडब्लक एड बाहेक कम्तीमा ६ महिनाभन्दा कम अवधिको लागि रिलिज भएका विज्ञापनहरु अर्थ सरोकारले प्रकाशन / प्रशारण गर्दैन । यस अलावा यसअघि नै अर्थ सरोकार सञ्चालक कम्पनीसँग रकम भुक्तानी गर्न बाँकि भएका, कालोसूचीमा परेका कम्पनीहरुबाट रिलिज भएका विज्ञापन अर्थ सरोकारले प्रकाशन / प्रशारण गर्दैन । बिज्ञापन अर्थ सरोकार डटकमको एक मात्र आय स्रोत पक्कै हो । तर बिज्ञापनका नाममा हामी कसैको गलत कामलाई ढाकछोप गर्दैनौं । हामीसँग बिज्ञापनको आडमा जोडिन खोज्ने र बजारमा अनैतिक कार्य गर्न खोज्नेहरुदेखि हामी सचेत छौँ । हामीले भ्रष्ट तथा गलत नियतका साथ हामीसँग  जोडिन आएका कम्पनीको विज्ञापन फिर्ता पठाएका उदाहरणहरु धेरै छन् ।

९. अर्थ सरोकारले रिलिज भएका विज्ञापन फिर्ता पठाउन सक्छ ? 
सक्छ । यसअघि हामीले थुप्रै कम्पनीको विज्ञापन फिर्ता पठाएका छौं । बुँदा नम्बर ८ मा इंकित गरिएका मापदण्ड अनुसार पूरा नभएका विज्ञापनहरु हामीले फिर्ता पठाउने गरेका छौं ।

१०. अर्थ सरोकारमा विज्ञापन राख्ने गरी एकाधिकार कुनै एजेन्सी वा कम्पनीलाई दिइएको छ ?
छैन । हालका लागि हाम्रो मार्केटिङ विभागले नै यो काम गर्छ । यद्यपी अर्थ सरोकार डटकमका कतिपय स्पेसहरु केहि एजेन्सीहरुले खरिद गरेका छन् । अर्थ सरोकार डटकमको मापदण्ड पूरा गरेर त्यो ठाउँमा उनीहरुले नै विज्ञापन राख्छन् ।

११. विज्ञापन कसले डिजाइन गरेर दिनुपर्छ ? वा अर्थ सरोकार आफैंले बनाइदिन्छ ?
विज्ञापनको डिजाइन विज्ञापनदाताले नै पठाउने हो । अर्थ सरोकार डटकम सञ्चालक कम्पनी शुभम् मिडिया प्रालिले डिजाइन त बनाउँछ । तर त्यसको अतिरिक्त शुल्क लाग्छ ।