१. अर्थ सरोकार डटकम के हो ?
संस्थागत हिसाबले अर्थ सरोकार डटकम शुभम् मिडिया प्रालिद्वारा सञ्चालित आर्थिक समाचार पोर्टल हो । शुभम् मिडिया प्रालि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको सञ्चार क्षेत्रसँग सम्बन्धित काम गर्ने कम्पनी हो । अर्थ सरोकार डटकम, डिजिटल पत्रिका २०७३ साल साउन १ बाट सञ्चालनमा आएको हो । पत्रकार सुरज प्याकुरेल यस डिजिटल पत्रिकाका सम्पादक हुन् । सुरज प्याकुरेल आर्थिक खोजी पत्रकारितामा रुची राख्ने आर्थिक पत्रकार हुन् ।
२. अर्थ सरोकार डटकमको उदेश्य के हो ?
पत्रकारितामार्फत जन-जनलाई जागरुक बनाएर नेपाली अर्थतन्त्रको समृद्धिमा केहि इँटाहरु थप्ने हाम्रो मुख्य उदेश्य हो । देशमा पटक-पटक परिवर्तनका नाममा जे-जति आन्दोलन र उपलब्धि भएपनि नेपाली जनताको आर्थिक स्तर माथि उठेको छैन । आर्थिक रुपमा देशमा थुप्रै समस्याहरु छन् । विकासको गति सुस्त छ । ‘लुटतन्त्र’ले जरा गाडेको छ समाजमा । देशमा चरम भ्रष्टाचार छ । नेपाली अर्थतन्त्रभित्र नदेखाइएका सत्य र लुकाइएका यथार्थ थुप्रै छन् । तीनै लुकाइएका सत्य र नदेखाइएका यथार्थभित्रको सूचना र जानकारी जनतालाई पस्कने हाम्रो मुख्य उदेश्य हो । ‘परिवर्तन’का लागि निडर, निर्भीक र निष्पक्ष पत्रकारिताको अभ्यास गर्ने हाम्रो मुख्य उदेश्य हो । अनलाइन, रेडियो, टेलिभिजन, र पत्रिकामार्फत जनतामाझ खबर पस्कने हाम्रो मुख्य उद्देश्य हो । समग्रमा आर्थिक क्षेत्रका हरेक खास समाचारको प्याकेज हो- अर्थ सरोकार । पाठक, दर्शक, स्रोतालाई जहाँबाट सूचना लिन सहज हुन्छ, त्यही माध्यमबाट सूचना, र समाचार पस्कन, रेडियो, छापा, अनलाइन, र टेलिभिजन सबैमाध्यममा उपस्थिति देखाएको एक पात्र नेपाली आर्थिक संचारमाध्यम अर्थ सरोकार नै हो ।

३. ‘अर्थ सरोकार रेडियो कार्यक्रम’ के हो ?
आज देशले सञ्चारमा ठुलै क्रान्ति गरेको छ । तर सबैखाले सञ्चारमाध्यमहरुले सबैखाले जनतालाई समेट्न सकेका छैनन् । अनलाइनका आफ्नै पाठक छन् । रेडियोका स्रोता र टेलिभिजनका खास दर्शक पनि छुट्टै छन् । अझ काठमाडौँको खाल्डोलाई छोडेर मोफसल नियाल्ने हो भने रेडियो सबैभन्दा चलेको सञ्चारमाध्यम हो । आज पनि मोफसलमा रेडियोहरु उत्कृष्ट सञ्चार माध्यमका रुपमा स्थापित छन् । रेडियो सुन्ने स्रोताको बर्ग विशेषगरी मोफसलमा ठुलो छ । र हामी ‘अर्थ सरोकार’ पनि देशका ७ वटै प्रदेशका ७७ वटै जिल्लामा
झण्डै २०० बढी रेडियोहरुमार्फत गुञ्जिरहेका छौँ । छोटोमा भन्दा हामी देशकै सर्वाधिक सुनिने आर्थिक रेडियो कार्यक्रम हौँ । प्रशारण पहुँचका आधारमा सातवटै प्रदेशमा, ७७ वटै जिल्लामा २०० बढी रेडियोहरुबाट प्रशारण हुने ‘अर्थ सरोकार’ एकमात्र आर्थिक रेडियो कार्यक्रम हो ।भूगोलअनुसार हामीले चलेका रेडियोहरु छानेका छौँ ।अर्थ सरोकार रेडियो कार्यक्रमले राजधानीबासीदेखि दुर्गम भेगका नागरिकहरुसम्म आफ्ना सामाग्रीहरु प्रस्तुत गरिरहेको छ । प्रशारण आरम्भको छोटो समयमा नै हामीले देशको सम्पूर्ण भूगोलमा प्रशारण पहुँच राख्न सफल भएका छौँ । अर्थ सरोकार रेडियो कार्यक्रमको
तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् ।
४. ‘अर्थ सरोकार टेलिभिजन कार्यक्रम’ के हो ?
पछिल्लो समय टेलिभिजन अर्को लोकप्रिय सञ्चार माध्यम हो । टेलिभिजनका दर्शकको संख्या निकै ठुलो छ । विशेषगरी खोजी सामाग्रीहरु हेर्नका लागि नेपाली दर्शकको विशेष रुची छ भन्ने हामीले बुझेका छौँ । नेपालमा आर्थिक बिटमा रहेरमात्र सामाग्रीहरु प्रस्तुत गर्ने टेलिभिजन नै दुइवटा छन् । यसमध्ये बिजनेश टेलिभिजनमा अर्थ सरोकार टेलिभिजन कार्यक्रम प्रारम्भिक रुपमा प्रशारण हुन्छ । प्रत्येक आइतबार राती ८:३० बजे, सोमबार विहान ७:३० बजे, प्रत्येक बुधबार ८:३० बजे र बिहीबार विहान ७:३० बजे बिजनेश टेलिभिजनमा अर्थ सरोकार टेलिभिजन कार्यक्रम प्रशारण हुन्छ । सोहि समय बागमती प्रदेशको राजधानी हेटौँडाबाट प्रशारित टेलिभिजन बागमती टेलिभिजनमा पनि अर्थ सरोकार प्रशारण हुन्छ ।
त्यसपछि हाम्रो कार्यक्रम देशका अन्य स्थानीय टेलिभिजनहरुमा पनि प्रशारण हुन्छ । चितवनको आभास टेलिभिजन, नुवाकोटको टिभी त्रिशुली, धनगढीको बाबा टेलिभिजन लगायतका स्थानीय टेलिभिजनहरुमा ‘अर्थ सरोकार टेलिभिजन कार्यक्रम’ प्रशारण हुन्छ । अर्थ सरोकार टेलिभिजन कार्यक्रममा हामी खोजी रिपोर्ट प्रस्तुत गर्छौँ । यस कार्यक्रममा हामी आर्थिक मुद्धाहरुको दर्शकका अगाडी अपरेशन गर्छौँ । हामी गर्वका साथ भन्छौँ, नेपालमा सबैभन्दा बढी हेरिने आर्थिक टेलिभिजन कार्यक्रम ‘अर्थ सरोकार’ नै हो । टेलिभिजनमा प्रशारण भइसकेपछछि हाम्रो कार्यक्रम ‘अर्थ सरोकार’ युट्युब च्यानलमा पनि प्रशारण हुन्छ । नेपालको सबैभन्दा बढी ‘सब्स्क्राइबर’ भएको नेपाली आर्थिक युट्युब च्यानल पनि ‘अर्थ सरोकार’ नै हो । अर्थ सरोकार टेलिभिजन कार्यक्रम सानो तर अनुभवी समूहले तयार गरेको कार्यक्रम हो ।
५. अर्थ सरोकार खोज पत्रिका के हो ?
देशमा थुप्रै पत्रका वा म्यागजिनहरु निस्किन्छन् । तर दुःखको कुरा, थोरै म्यागजिनहरु वा पत्रिकाहरुमात्र पूरै पढिन्छन् । कतिपय यस्ता पत्रिकाहरु बर्गीकरणको पैसा आउँछ भनेर मात्र निस्किन्छन्, कतिपय पत्रिकाहरु विज्ञापन छाप्नकै लागिमात्र छापिन्छन् । बजारमा यस्ता थोरै पत्रिकाहरुमात्र छन्, जसलाई किनेर तपाईंले फुर्सदमा पढ्नुहुन्छ । त्यहाँबाट केहि सिक्नुहुन्छ । र सिकाइको श्रेय उक्त पत्रिकालाई दिनुहुन्छ । हामी यस्तै सिकाइको माध्यम बन्न चाहान्छौँ । हरेक ३ महिनामा एक पटक आउने, तर आएपछि अर्को तीन महिनाको पर्खाइ हुनेगरी आउने हाम्रो योजना हो । बरु ढिलो आउने, आएपछि कडागरी आउने सोचका साथ हामीले अर्थ सरोकार खोज पत्रिका बजारमा ल्याईरहेकाछौं । हरेक अंकमा एउटामात्र विषय समेट्ने तर उक्त विषयको सतहसम्मै पुगेर उक्त खोजी सामाग्री जनतामाझ पस्कने उद्देश्य बोकेर हामी बजारमा उपस्थित छौं । र गर्वका साथ भन्छौँ नेपालमा रहेका आर्थिक त्रैमासिक पत्रिकाहरुमध्ये हामी नम्बर १ पत्रिका भइसकेका छौँ ।
६. अर्थ सरोकारका पाठक / स्रोता र दर्शक कति छन् ?
हामी गर्वका साथ भन्छौं अनलाइनमा हामी नेपालको अग्रणी आर्थिक अनलाइन पत्रिका हो । हाम्रा दैनिक भिजिटर, पाठकको विस्वाश र हाम्रा न्यूज कन्टेन्टका कारण हामी नेपालको अग्रणी आर्थिक डिजिटल पत्रिका भन्ने तथ्य अधिकांसलाई जगजाहेर छ । हामी त आजको दिनमा
अर्थ सरोकार डटकमलाई नेपालको नम्बर १ आर्थिक डिजिटल पत्रिका भनेर दावी गर्छौं । अधिकांस पाठकले हाम्रो दावीलाई स्वीकार्नु भएको छ । सामाजिक संजालमा सबैभन्दा बढी आर्थिक समाचार सेयर हुने संचारमाध्यम पनि हामी नै हौँ । नेपाली आर्थिक संचारमाध्यमहरुमध्ये सबैभन्दा बढी लाइक भएको फेसबुक पेज हाम्रै हो । अर्थ सरोकारको फेसबुक पेजलाई १० लाख बढी पाठकले लाइक गर्नुभएको छ । अझ पछिल्लो समय निकै चर्चित एप टिकटकमा त हामी आर्थिक संचारमाध्यममध्ये मात्र होइन, नेपालमा दर्ता भएका मिडियाहरुमध्ये नै सबैभन्दा बढी फलोअर्स भएको संचारमाध्यम हौँ । दैनिक टिकटकमा मात्र हामीलाई १५ लाख बढी दर्शकले हेर्नुहुन्छ । टेलिभिजन कार्यक्रमको हकमा पनि हामी नेपालमा सबैभन्दा बढी हेरिने आर्थिक टेलिभिजन कार्यक्रम हौँ । रेडियोको हकमा त हामी नेपालको सबैभन्दा बढी प्रशारण पहुँच भएको आर्थिक रेडियो कार्यक्रम हौँ । समाचारको कन्टेन्टका हिसावले हामी निकै बलियो आर्थिक सञ्चार माध्यमका रुपमा गनिएका छौं । आजको दिनमा हामी सबैभन्दा बढी समाचार प्रभाव भएको आर्थिक अनलाइन हौँ । अर्थ सरोकारका समाचार प्रभावको लिष्ट लामै छ भन्दा फरक पर्दैन । हाम्रो समाचार प्रभावको लिष्ट हेर्न
यहाँ क्लिक गर्नुहोस् ।
७. अर्थ सरोकार कहाँ-कहाँ दर्ता छ ?
अर्थ सरोकार संचालन गर्ने कम्पनी शुभम् मिडिया प्रालि
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता छ । यस अलावा अर्थ सरोकार सूचना तथा प्रशारण विभागमा दर्ता छ भने
प्रेस काउन्सिल नेपालमा सूचिकृत छ । उद्योग विभागमा आफ्नो ट्रेडमार्क दर्ता गर्ने हामी नेपालको पहिलो आर्थिक अनलाइन पत्रिका हो । ‘अर्थ सरोकार’ नाम र लोगो नेपाल सरकार अन्तर्गत उद्योग विभागमा ट्रेडमार्कको रुपमा दर्ता छ । हाम्रो अनलाइन पत्रिकाको लोगो र ‘अर्थ सरोकार’ नाम प्रयोगको एकाधिकार हामीसँग छ । समग्रमा एउटा सञ्चार माध्यम जहाँ जहाँ दर्ता हुनुपर्ने हो, सबै ठाउँ, र निकायमा अर्थ सरोकार दर्ता छ । यस अलावा अर्थ सरोकार डटकमको विज्ञापनसम्बन्धि कार्यहरु गर्न अर्थ सरोकार प्रालि नामक कम्पनी पनि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता छ । अर्थ सरोकार खोज पत्रिका जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा दर्ता छ ।
८. अर्थ सरोकारमा को-को कार्यरत छन् ?
अर्थ सरोकार डटकमका प्रधान सम्पादक
सुरज प्याकुरेल हुन् । अर्थ सरोकार टेलिभिजन कार्यक्रम र अर्थ सरोकार रेडियो कार्यक्रम पनि उनैले संचालन गर्छन् । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । यस अलावा हामीसँग आउटसोर्सबाहेक ९ जना कर्मचारीको समूह छ । अर्थ सरोकार डटकम सरकारी न्यूज एजेन्सी राष्ट्रिय समाचार समिति (रासस), नीजी क्षेत्रको समाचार एजेन्सी ‘न्यूज एजेन्सी नेपाल (नान), पब्लिक न्युज एजेन्सी (पिएनए) र नेपालको एक मात्र आर्थिक न्युज एजेन्सी -इएनएको ग्राहक पनि हो ।
९. अर्थ सरोकारको नेतृत्व गर्ने व्यक्ति सुरज प्याकुरेल को हुन् ?
पत्रकारितामा स्नातकोत्तर गर्दै गरेका पत्रकार
सुरज प्याकुरेल खोजी पत्रकारितामा रुची राख्छन् । उनले कानुनमा पनि स्नातक (एलएलबि) गरेका छन् । अनलाइन, टेलिभिजन र रेडियोका पाठक, दर्शक र स्रोताले उनलाई खोजीमूलक कार्यक्रममा रुची राख्ने पत्रकारका रुपमा नै चिनेका छन् । खोजमुलक आर्थिक पत्रकारितामा आफ्नो छुट्टै नाम बनाउन सफल प्याकुरेलले आफ्नो पत्रकारिता यात्रा देशप्रेम साप्ताहिकबाट सुरु गरेका थिए ।
विभिन्न अनलाइन पत्रिकामा कार्यानुभव भएका प्याकुरेलले रातोपाटी डटकम र जनआह्वान साप्ताहिकमा आर्थिक ‘बिट’मा काम गरेका छन् भने पहिलोन्यूज डटकम मा आर्थिक ब्युरो प्रमूख र नेप्लिज टाइम्स मासिकमा प्रबन्ध सम्पादक भएर स्थापनाकालदेखि काम गरेका थिए । ऊनी हाल अर्थ सरोकार डटकम मा प्रधान सम्पादक छन् ।
सन् २०१२ देखि २०१४ सम्म सगरमाथा टेलिभिजन र सन् २०१४ देखि २०१६ सम्म न्यूज २४ टेलिभिजनमा चार्टड एकाउन्टेन्सी सम्बन्धि नेपालको पहिलो र एकमात्र कार्यक्रम ‘सिए सरोकार’का कार्यक्रम निर्माता तथा प्रस्तोता भएर काम गरेका प्याकुरेलले टिभी टुडे टेलिभिजनमासमेत करिव ३ बर्ष ‘अर्थ सरोकार’ टेलिभिजन कार्यक्रमका प्रस्तोता / निर्माता भएर काम गरेका छन् । अहिले पनि अर्थ सरोकार डटकमले उत्पादन गर्ने अनुसन्धानात्मक टेलिभिजन कार्यक्रम ‘अर्थ सरोकार’का निर्माता / प्रस्तोता पनि उनै हुन् । सम्पादक प्याकुरेलले पत्रकारिता सिकिरहेका विद्यार्थीहरुलाई तालिमसमेत दिने गरेका छन् । हाल काठमाडौँ र मोफसलमा गरी उनले दर्जनौं तालिमहरुमा ‘ट्रेनर’का रुपमा तालिम दिइसकेका छन् ।
प्याकुरेल हाल शुभम् मिडिया प्रालिमा प्रबन्ध निर्देशकका रुपमा कार्यरत छन् । सिए क्षेत्रमा ‘फुल बिट’ पत्रकारिताको सुरुवात गरेकोमा उनी
नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) बाट सन् २०१४ र सन् २०१६ मा गरी दुई पटक
सम्मानित भईसकेका छन् भने सन् २०१९मा उनी ‘सिए पत्रकारिता सम्मान’बाटसमेत सम्मानित भइसकेका छन् । उनीसँग इमेलमा
[email protected] र मोबाइलमा ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
१०. अर्थ सरोकारको सम्पादकीय दायित्वका सम्बन्धमा के कस्ता नीति नियमहरु छन् ?
अर्थ सरोकारको सम्पादकीय दायित्वका सम्बन्धमा हामीले स्पष्ट नीति नियमहरु बनाएका छौं । हामी समाचार ब्रेक गर्दा पत्रकारिताको मर्यादालाई सधैं ध्यान दिनेछौं । हरेक समाचार निर्माण प्रक्रियामा सम्बन्धित सबै पक्षको भनाइ वा राय बुझ्ने प्रयास गर्नेछौं । आर्थिक मुद्धामा केन्द्रित समाचारलाई विशेष प्राथमिकता दिई प्रकाशन गर्नेछौं । अर्थ सरोकार डटकममा प्रकाशित हुने समाचारको विश्वसनियता र आधिकारिकताको लागि विभिन्न समाचार एजेन्सीका समाचारहरु प्रकाशित गर्दा उनीहरुको नाम उल्लेख गर्नेछौं । अनलाइन समाचार पोर्टल भएकाले विभिन्न सामाजिक संजालमार्फत यसको प्रमोसन गर्ने क्रममा उत्तेजित, समाजमा विकृति फैलाउने र समाजिक संरचनामा आँच आउने किसिमका सामग्रीहरुको सहयोग लिने छैनौं । समाचार प्रकाशन गर्ने क्रममा जानेर वा नजानेर कहीँ कतैबाट गलत समाचार प्रकाशित भएमा यसको छानबिन गरी पाठक वा सम्बन्धित पक्षसमक्ष माफी माग्नेछौं । तर यसरी प्रकाशित भएको समाचार हटाउने भने छैनौं ।
११. अर्थ सरोकारका समाचारहरु नि: शुल्क रुपमा पाइन्छन् ?
हाम्रा दर्शक, स्रोता, र पाठकलाई हेर्ने, सुन्ने र पढ्ने मामलामा हाम्रा सम्पूर्ण समाचार कन्टेन्टहरु नि:शुल्क रुपमा उपलब्ध हुनेछ । अर्थात यस अर्थ सरोकारमा प्रकाशित / प्रशारित हुने समाचार यसका प्रयोगकर्तालाई निःशुल्क रुपमा उपलब्ध हुनेछ । तर पुन: साभार गरी अरु अनलाइन तथा ब्लगमा राख्न, पत्रपत्रिकामा छाप्न र टेलिभिजनमा पुन: प्रशारण गर्न वा अन्य व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न हाम्रा कन्टेन्टहरुउपर हामी रकम लिन्छौं । हाम्रो समाचार पोर्टल प्रयोग गर्दा हुने प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावको बारेमा स्वयं प्रयोगकर्ता जिम्मेवार हुनेछन् । यो पोर्टलमा संग्रहित सामग्रीहरु प्रचलित कानुनले मागेको खण्डमा बाहेक गोपनीय रहनेछन् ।
१२. अर्थ सरोकारका कन्टेन्टहरु पुन : प्रकाशन र प्रशारण गर्न पाइन्छ ?
पाइंदैन । स्रोत खुलाएरै भएपनि अर्थ सरोकार डटकमको अनुमति विना पोर्टलका कुनै पनि समाचारको पुन: प्रकाशन कुनै पनि अनलाइन पत्रिका वा अनलाइन ब्लगहरुमा गर्न पाइने छैन । पत्रिकाका हकमा ‘अर्थ सरोकार डटकमबाट साभार’ उल्लेख गरी पुन: प्रकाशन गर्न पाइनेछ । यसका लागि पनि स्वीकृति लिएको हुनुपर्छ ।रेडियोको हकमा हाम्रा कन्टेन्टहरुको वाचन गर्दा ‘अर्थ सरोकार डटकमबाट’ भनी उल्लेख गर्नुपर्नेछ । यसको जानकारी हामीलाई गराउनुपर्छ । अर्थ सरोकार रेडियो कार्यक्रम भने हामीलाई जानकारी गराएर आफ्नो रेडियोमा प्रशारण गर्न पाइन्छ । टेलिभिजन कार्यक्रमको हकमा आजका दिनमा हामीले टिभी टुडे टेलिभिजनबाहेक कसैलाई पनि हाम्रो कार्यक्रम प्रशारण वा पुन: प्रशारण अनुमति दिएका छैनौं ।
१३. अर्थ सरोकारको विज्ञापन नीति के-कस्तो छ ?
अर्थ सरोकार डटकम र अर्थ सरोकार टेलिभिजन कार्यक्रममा विज्ञापन प्रशारण हुन्छ । अर्थ सरोकार रेडियो कार्यक्रम विज्ञापनरहित कार्यक्रम हो । अर्थ सरोकार रेडियो कार्यक्रममा विज्ञापन बज्दैन । अर्थ सरोकार डटकम र अर्थ सरोकार टेलिभिजन कार्यक्रममा निश्चित विज्ञापन नीति छ । अर्थ सरोकार टेलिभिजन कार्यक्रममा विज्ञापन गर्न सम्बन्धित टेलिभिजनमै सम्पर्क गर्नुपर्छ । हामीमार्फत विज्ञापन गर्न इच्छुकले हामीलाई सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । हाम्रो निश्चित विज्ञापन नीति छ । हाम्रो विज्ञापन नीतिको पूर्ण पाठ हेर्न
यहाँ क्लिक गर्नुहोस् ।
१४. अर्थ सरोकार मोबाइल एपमा उपलब्ध छ ?
छ । प्रविधिको विकाससँगै स्मार्ट फोन बोक्ने ग्राहकको संख्या बढ्दो छ । प्रविधिको यहि आवश्यकतासँगै हामी मोबाइल एपमा पनि उपलब्ध छौं । अर्थ सरोकार डटकमका सम्पूर्ण समाचार प्ले स्अटोरर्थ सरोकार मोबाइल एप्लिकेसन
डाउनलोड गरेर समेत पढ्न, सुन्न र हेर्न सकिनेछ । एप स्टोरमा समेत अर्थ सरोकार मोबाइल एप्लिकेसन उपलब्ध छ । साथै हामी अन्य केहि चर्चित एपहरुमा पनि उपलब्ध छौं । कर सम्बन्धि सम्पूर्ण जानकारी दिने कर सम्बन्धि नेपालको सबैभन्दा चर्चित मोबाइल एप
ट्याक्सपर्टमा समेत अर्थ सरोकार डटकमका समाचार पढ्न सकिन्छ । साथै नेपालका चर्चित समाचार पोर्टलहरु संकलन गरी बनाइएको
नेपाल न्यूज स्टोर नामक एपबाट पनि अर्थ सरोकारका समाचार पढ्न सकिनेछ । सेयर बजारसम्बन्धि चर्चित मोबाइल एपहरु
सेयर हब,
नेपाल सेयर,
हाम्रो सेयर, लगायतका एपहरुमा पनि अर्थ सरोकार उपलब्ध छ । नेपालमा सर्वाधिक लोकप्रिय मोबाइल एप
हाम्रो पात्रो र
नेपाली पात्रोमा पनि अर्थ सरोकार उपलब्ध छ । अर्थ सरोकारले संचालन गर्ने विभिन्न तालिममा सहभागी हुनका लागि हामीले नेपालका दुई पेमेन्ट गेटवे
खल्ती र
इसेवासँग पनि सहकार्य गरेका छौँ ।