INVESTIGATION
महालक्ष्मी घोटाला प्रकरण: बैंकको ‘था’छैन’, प्रहरीको ‘उजुरी आ’छैन’ र कर्मचारीको ‘खा’छैनपछि के भयो ?

काठमाडौँ । गत शुक्रबार अर्थ सरोकारका सम्पादकको फोनमा एउटा सूचना आयो । सूचनामा स्रोत भन्दै थियो, ‘महालक्ष्मी विकास बैंकमा करिव २ करोड ८५ लाख रुपैयाँको घोटाला भएको छ । कर्मचारीले बैंकमा जम्मा भएको पैसा वान एक्स बेटमा हारेका छन् । बाँकी आफैँ बुझ्नुहोला ।’ सूचनाको प्रकृति ‘सिरियस’ थियो, तर थप[...]