×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हेटौँडामा बिहानै मैयाँको फोन, ‘कता हो, आउने बेला भएन….’

बिहान ९ मात्र बजेको थियो । हेटौँडा बजारको मुख्य चोकमै बसेर अधवैँशे महिला फोनमा भन्दैथिइन्, ‘कतिबेर लाग्छ आउँनलाई ?’ उताबाट उत्तर आयो, ‘म राममन्दिरमा गाडी बनाउँदैछु, एकैछिन् ।’ उनले आफू अघिल्तिर रहेकी अर्की साथीलाई भनिन्, ‘एकै छिन रे, राममन्दिरमा छु भन्यो ।’ उनको उत्तर सुन्न नपाउँदै अर्कीले मुस्कुराउँदै जवाफ दिइन्, ‘ए हो र आउछ रे ।’ धेरै फोन नगर्नु । नराम्रो सोच्लान् । केहीबेर गफिँदै उनीहरु त्यहाँबाट हिँडे । समूहमा तीन जना थिए ।

हेर्दा सामान्य पहिरनमा रहेका उनीहरु गफमा भन्दै थिए, ‘तिज यतै मानियो, अब दशैँमा त गाउँ जानु पर्ने ।’ हेटौँडा बजारका हरेक चोकमा यस्ता आवाज सुन्न थालिएको छ । बजारमा फोनको माध्यमबाट सम्पर्क गर्ने र यौनकार्यमा संलग्न हुनेको संख्या ह्वात्तै बढेको छ । अहिले हेटौँडा बजार क्षेत्रकै वरिपरि यौनक्रियाकलाप व्यावसायिक रुपमा हुन थालेको छ ।

‘रातको त ५ हजार हो, नत्र हुन्न,’ हेटौँडा मेनरोडमै फोनमा गफिँदै गरेकी एक युवतीले भनिन्, ‘अहँ, त्यतिमा हुन्नँ ।’ हेटौँडामा विस्तारै व्यावसायिक ढंगबाट यौन व्यवसाय सञ्चालन गर्ने अधवैँशे महिला र कलेज पढ्ने युवतीको संख्या बढ्दै गएको छ । केही होटलले आफ्ना ग्राहकलाई सन्तुष्टी दिन कलगर्लका रुपमा कलेज पढ्ने युवती प्रयोग गरिरहेका छन् । हेटौँडा बसेर अध्ययन गर्ने र देशको मुख्य केन्द्रको रुपमा रहेकाले यहाँ पोखरा, काभ्रे, सिन्धुलीदेखिका युवती बस्ने गरेका छन् । होटल वा युवतीलाई प्रयोग गर्नेले खबर गरेलगत्तै उनीहरु बिनारोकावट घरबाट निस्कने गर्दछन् ।

‘आवश्यकता असीमिति रहन्छ सहरमा । के गर्ने, घरबाट आउँदैन यतै कमाउने न हो,’ चाइनाक्वाटरमा बस्दै आएकी लक्ष्मी (नाम परिवर्तन) ले भनिन्, ‘साथीहरुले रहर देखाए, अहिले त बानी पर्न थाल्यो ।’ उनीसँगै बजारमा अस्मिता, हिना, रमिता, सिम्पलको समूह छ । कोही बाहिरी जिल्लाबाट हेटौँडा बसेका, कोही कलेज पढ्दै गरेका पनि यौनकार्यमा संलग्न छन् । लक्ष्मीले भनिन्, ‘हामी त चितवन, अमलेखगञ्ज, सिमरा गरिरहन्छौँ । मोबाइल भएका छौँ ।’

‘आफ्नै नियमित ग्राहकसँगै कहिलेकाहिँ कर्लगर्लका रुपमा काम गर्छौँ,’ उनले भनिन्, ‘घरबाट कसैको पैसा पठाउने अवस्था छैन अनि सबै मिलेर हिँड्छौ ।’ हेटौँडाको हुप्रचौर, टिसिएन, चाइनाक्वाटर, चौकीटोल, कर्रा, कमाने, चौघडा, पदमपोखरी, मनहरी, भैँसे, निबुवाटारलगायतका क्षेत्रबाट हेटौँडा बजार र बाहिर यौन सेवा दिन युवती जाने गरेका छन् । स्कुटरबाटै ग्राहककहाँ पुग्नेको संख्या पनि हेटौँडामा निकै छन् ।

बजारमा एकाएक यौनकर्मी बढेको छ । केहीसमयअघि हेटौँडाका लजमा प्रहरीले छापा मारेको थियो । त्यसपछि यौनकर्मीहरुले हेटाँैडा भन्दा बाहिर गएर सेवा दिन थालेका छन् । प्रहरीले अहिले यतातिर ध्यान नदिएको र सेना, प्रहरीकै ठूला कार्यालयहरु हेटौँडामा रहेकाले पनि सहरमा यौनधन्दा गुपचुप मौलाइरहेकै छ । त्यसमाथि देशका कुनै पनि भागबाट हेटौँडा आएर बस्दा सहर सुरक्षित र यौनकार्य सहज हुने भएकाले अहिले पुरुषहरु पनि काठमाडौँ, नारायणगढ, पोखरा, जनकपुर, वीरगञ्ज भन्दा हेटौँडामा ‘नाइट स्टे’ गर्न जान थालेका छन् ।

१५ दिनमा एकलाख कमाइ !
झापाबाट दुईसाता हेटौँडा आएर बसेकी एक किशोरीले १५ दिनमै एकलाख रुपैयाँ कमाइ भएको बताइन् । उनी हाँसिखुशी घर गएकी छन् । बसपार्कको एक होटलले उनलाई बोलाएको थियो । ग्राहकहरु उनीसँग निकै खुशी भए । उनको कमाईमात्र होइन रेट पनि बढ्यो । भनिन्, ‘हेटौँडामा कस्ताकस्ता ग्राहक आउँछन्, तर सबैले नराम्रो गरेनन् । उनले एक महिना घर बसेर होटलले बोलाए फेरि समय मिलाएर आउने बताइन् । उनी गाउँमै प्लस टुमा पढिरहेकी छन् । तस्बिर गुगलबाट ।

–राजन दाहाल

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: