×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेरी अर्को दुर्घटना : बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

GLOBAL IME BANK

फेरी अर्को दुर्घटना : बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

३१ श्रावण २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
तनहुँ – बेनीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना४ख ८१२७ नंको बसले सोमबार दिउँसो विपरीत दिशाबाट आइरहेको एक स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ ।
ग११प १८३० नंको स्कुटरलाई पृथ्वीराजमार्ग सडकखण्डमा पर्ने जिल्लाको मनपाङ गाविस वडा नं ३ सेराटारमा ठक्कर दिँदा स्कुटर चालक शुक्लागण्डकी नगरपालिका वडा नं १० बस्ने ४५ वर्षीय प्रकाश गुरुङको मृत्यु भएको हो ।

उक्त स्कुटरमा सवार सोही स्थान निवासी वर्ष ३३ का गगनसिंह कुमाल घाइते भएकाले दुलेगौडास्थित सेतीगङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: