×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृतिम गर्भाधानप्रति कृषक उत्साहित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कृतिम गर्भाधानप्रति कृषक उत्साहित

Artha Sarokar

२५ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सोलुखुम्बु –  सोलुखुम्बुका कृषक कृतिम गर्भाधानप्रति निकै उत्साहित भएका छन् । गाई र भैसीको कृतिम गर्भाधान गर्न थालिएको करिव ६ महिनामा नै धेरै कृषकहरुले कृतिम गर्भाधान गराउन थालेका हुन् ।

के को लागि ?

घरपालुवा गाई र भैंसीमा प्रभावकारी ढंगबाट कृतिम गर्भाधान गराइ नश्ल सुधार गर्दै व्यवसायिक पशुपालनमा अभिरुचि जगाउने उद्देश्यले सेवा सञ्चालन गरिएको कार्यालयले जनाएको छ । जिल्लाको विभिन्न स्थानमा २६ वटा भैसी र ४० वटा गाईको कृतिम गर्भाधान गरिसकेको छ ।
कसरी दिईन्छ सेवा ?
पशुको उत्पादकत्व वृद्धि गराउन सेवा कृतिम गर्भाधारण सुरु भएको हो । जिल्ला पशु सेवा कार्यालय सोलुखुम्बुका प्राविधिकले हाललाई मोटरबाटोको सुविधा भएको ठाउँसम्म घर मै पुगेर कृतिम गर्भाधान सेवा दिईरहेका छन् ।

के केमा गरिएको छ ?
गाईभँैसी र बाख्रामा कृतिम गर्भाधान गराउन सकिने भए पनि हाल गाईभँैसीका लागि मात्र सेवा सञ्चालन गरिएको छ । कृतिम गर्भाधान सेवा सुरु भएपछि राँगो र साँढे पाल्नु नपर्ने हुँदा लागत कम हुने, बाच्छाबाच्छी र पाडापाडीको नश्ल सुधार तथा दूध उत्पादनमा वृद्धि हुने कार्यालयले जनाएको छ ।

कहाँबाट ल्याइन्छ ? 
स्थानीय तथा उन्नत जातका गाईभैँसीमा कृतिम गर्भाधान गराउन सकिने कार्यालयले जनाएको छ । कृषकको तीव्र माग भएका कारण कृतिम गर्भाधान सेवा वृद्धि हुदै आएको छ । पोखरामा रहेको राष्ट्रिय पशु प्रजनन केन्द्रबाट ढुवानी गरि सेवा दिईरहेको जिल्ला पशुसेवा कार्यालय सोलुखुम्बुले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी