Skip to content
LAXMI SUNRISE BANK

यसकारण नेपालमा सजिलै एटिएमबाट पैसा चोरिन्छ

अर्थ सरोकार

काठमाडौं–नक्कली एटिएमबाट पैसा निकालेको आरोपमा गत १७ साउनमा पक्राउ परेका रोमानियन नागरिक प्रेडा अउरेलियनले प्रहरीको सोधपुछमा भनेका थिए, ‘तिमीहरूको देशमा एटिएममा पुरानो प्रविधि छ, यस्तो प्रविधि रहेसम्म म मात्र होइन, जोसुकै आएर पनि पैसा चोर्न सक्छ ।’
विश्वका धेरै देशले चिप प्रविधिको एटिएम कार्ड प्रयोग गर्दै आएका छन्, तर नेपालले भने सजिलै डाटा चोरी हुन सक्ने म्याग्नेटिक स्ट्राभ प्रविधिका कार्ड प्रयोग गर्दै आएकाले अन्तर्राष्ट्रिय एटिएम ठगहरूको नेपालमा गतिविधि बढेको हो ।
गत १७ साउनमा रोमानियन नागरिक प्रेडा अउरेलियन नक्कली एटिमसहित पक्राउ परे । उनी नक्कली एटिएम बनाई ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहका सदस्य भएको खुलेको छ । गत वर्ष मात्र नक्कली एटिएम बनाई ठगी गर्न नेपाल आएका पाँचवटा गिरोह पक्राउ परिसकेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK