
काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको सुरक्षार्थ तैनाथ पछुवा गाडीका चालक प्रहरी हबल्दार ट्राफिक कारबाहीमा परेका छन् ।
भट्टराईको सुरक्षामा खटिएका बा १ झ ६९५४ नम्बर गाडीका चालक सूर्यबहादुर थापालाई जावालाखेल ट्राफिक प्रहरीले कारबाही गरेको हो ।
जावलाखेल चोकमा जेब क्रसिङमा सवारी तेस्र्याएर राखेको भेटिएपछि प्रहरी चालकलाई कारबाहीको दायरमा ल्याइएको हो ।
ट्राफिक प्रहरीले भिआईपीको सुरक्षा तथा पछुवामा खटिएकामा चालकलाई कारबाहीको दायरामा ल्याएको यो पहिलो घटना हो । जेब्रा क्रसिङ सडकमा सवारी राखेको भेटिएपछि स्थानीयले प्रहरीलाई उजुरी गरेका थिए ।
त्यस क्रममा हवल्दार थापाले स्थानीयलाई नै धम्क्याएका थिए । त्यसलगत्तै जावलाखेल ट्राफिक प्रहरी आएर थापाको सवारी अनुमतिपत्र र नेपाल प्रहरीको नाममा रहेको सवारी दर्र्ता अनुमतिपत्र राखेर हवाल्दार थापालाई ५ सय रुपैयाँको जरिवाना स्लिप दिइएको थियो ।
- कारोबार दैनिक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्