
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डलाई आफ्नै बोलीले सताउन थालेको छ । ओली सरकारको समयमा बोलेको ५लाख भूकम्पपीडितलाई दिन चौतर्फी माग बढ्न थालेको छ । पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले भूकम्पपीडितलाई एकमुष्ट रू ५ लाख दिने व्यवस्था गर्न सरकारसँग माग गरेका छन ।
गत बर्षको बैशाख १२ को केन्द्र बिन्दु रहेको गोरखा पुगेका भट्टराईले एक अन्तरक्रियामा नयाँ सरकारसंग एक मुष्ट ५ लाख माग गरेका हुन् । भूकम्पको डेढ बर्षपछि पनि केन्द्रविन्दू रहेको गोरखा जिल्लामा नै पुनर्निर्माण कार्य कछुवा गतिमा भैरहेको सन्दर्भमा नयाँ शक्ति नेपालको संघसंस्था विभागद्वारा गोरखामा आयोजित अन्तर्क्रियाको आयोजना गरेको थियो। अन्तरक्रियामा भट्टराईले पुनर्निर्माणनिम्ति अहिलेसम्म जम्मा रू ५० हजार मात्र वितरण हुनु लज्जास्पद भएको पनि टिप्पणी गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्