
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सयौं वेवसाइट ह्याक गरेको आरोपमा प्रहरीले पक्राउ गरेका १७ बर्षीय किशोर बिकास पौडेलको यसअघि मास्क लगाएको फोटोमात्र सार्वजनिक भएको थियो । यसो त उनी आफैंले पनि आफ्नो अनुहार स्पष्ट देखिने तस्विर सामाजिक सन्जालमा समेत हालेका छैनन् । हरेकजसो अन्तर्वार्तामा पनि मास्कनै लगाएर देखिने उनी सोमबार अर्थ सरोकार डटकमको कोटेश्वरस्थित कार्यालयमा निकै खुले ।
अर्थ सरोकार डटकमसँगको कुराकानीमा उनले आफ्नो आगामी योजना, बिगत र अरु धेरै कुराबारे खुलासा गरेका छन् । ती कुराहरुलाई हामी धारावाहिक रुपमा प्रस्तुत गर्दै जानेछौं । उनले हामीसँग आफ्नो योजनादेखि एमआरआर नामक समुहले आफुलाई हटाएको समेत कुरा गरेका छन् ।
धेरै पाठकहरुलाई उनको खास अनुहार कस्तो होला भन्ने जिज्ञासा पक्कै होला । हामीले बिकास पौडेलकै अनुमति लिएर उनको तस्विर पहिलो पटक नेपाली मिडियामा सार्वजनिक गर्दैछौं । अर्थ सरोकार डटकमको कार्यालयमा बिकास पौडेल आफ्ना साथी अरविन्द गोदारसँगै आएपछी फोटो पत्रकार दिक्षा कट्टेलले उनलाई आफ्नो क्यामरामा यसरी कैद गरिन् । हेरौं फोटो फिचर :










