
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष दूतको रुपमा उपप्रधानमन्त्री विमलेन्द्र निधि बिहीबार भारत भ्रमणमा निस्कँदै छन् । उनले भारतमा पाँच दिन बिताउने छन् र ती पाँचै दिन उनका लागि विशेष महत्वका दिन हुनेछन । उपप्रधानमन्त्री निधिले भारत भ्रमणका क्रममा पछिल्लो समयमा बिग्रेको नेपाल–भारत सम्बन्धलाई सुदृढ गर्ने ढंगबाट राजकीय भेटवार्ता गर्ने बताइएको छ ।
भारतमा रहँदा उनले राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह र विदेशमन्त्री सुस्मा स्वराजसँग भेटवार्ता गर्ने जनाइएको छ ।उनले सो भेटवार्ताका क्रममा राष्ट्रपति मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिने कार्यक्रम रहेको छ ।
भेटका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणका एजेण्डा तय गर्ने विषयमा समेत छलफल हुने छ ।नयाँ सरकारको नेतृत्व गरेलगत्तै प्रधानमन्त्री दाहालले छिमेकी मुलुकहरु चीन र भारतमा आफ्ना विशेष दूतहरु पठाउने निर्णय गरेका थिए ।
सोही निर्णयका आधारमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा हाल चीन भ्रमण रहेका छन् । उनले चिनियाँ प्रधानमन्त्री र विदेशमन्त्रीसँग भेटवार्ता गरिसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्