×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीरको बेतिथबारे समाचार लेख्दा बुधाबार साप्ताहिकका कर्मचारीलाई धम्की !

PRIME CA
GLOBAL IME BANK

वीरको बेतिथबारे समाचार लेख्दा बुधाबार साप्ताहिकका कर्मचारीलाई धम्की !

२६ श्रावण २०७३, बुधबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – वीर अस्पतालमा हुने गरेको बेथितिबारे समाचार प्रकाशन भएपछि वीर अस्पतालका कर्मचारीले बुधबार साप्ताहिकका कर्मचारीलाई फोन गरेर धम्की दिएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै बुधबार साप्ताहिकका बजार ब्यबस्थापाक मोहन सुबेदीले वीरका कर्मचारीले कार्यालयमा फोन गर्दै अपशब्द प्रयोग गरी आफुले त्यहीं आएर देखाईदिने भन्दै धम्की दिएका हुन् ।
‘वीरका कर्मचारीले फोन गरे । बजार व्यवस्थापनको जिम्मेवारी हुने हुनाले मलाइ समाचारको सबै कुरा थाहा थिएन । तर मलाइ एकोहोरो रुपमा थर्काईनै राखे वीरका कर्मचारीले ।  मैले कार्यालयमा फोन गरेर मलाइ धम्की दिएको बारे पत्रिकाका प्रधान सम्पादक उज्जल पाहाडीलाइ जानकारी गराएको छु। ‘ सुबेदीले अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै भने ।

तपाई को ? तपाइको सम्पादक कहाँ छन् ? समचार लेख्ने को ? मलाई फोन नगरेर समचार लेख्ने ? पत्रकारीताको धर्म के हो थाहा छैन ? खाते पत्रिकामा जेपायो त्यही लेख्ने ? कति चन्दा चाहियो ? एमालेले अस्पतालमा कार्यक्रता भर्ति गर्ने अनि कांग्रेस पार्टी र मलाइ जोडेर समाचार लेख्ने ? यति प्रश्नहरु को सुवेदीले कुनै उत्तर दिन नपाँउदै फोन काटियो ।


यस्तो थियो समाचार :
वीर अस्पतालमा कनिष्ठकै जगजगी
काठमाडौं । मुलुककै सबैभन्दा जेठो र साधनस्रोत सम्पन्न भएर पनि अस्तव्यस्त व्यवस्थापनका कारण थिलथिलो भएको वीर अस्पताल पछिल्लो समय झनै भद्रगोल भएको छ । बिग्रेको घरको भत्केको चाला भनेझैं अहिले अस्पताललाई लथालिङ पार्न रजिस्ट्रार डा. किरण मानन्धर लागेका छन् ।


खगराज अधिकारी स्वास्थ्यमन्त्री हुँदा भागबन्डाका आधारमा कांग्रेसको कोटाबाट रजिस्ट्रार हुन पुगेका मानन्धरले अहिले अस्पताललाई अस्तव्यस्त पारेको बताइन्छ । त्यसो त दुई वर्षका लागि कार्यकारी निर्देशक भएर आइतबार मात्र पदावधि सकिएका डा. स्वयंप्रकाश पण्डितले पनि अस्पताल लथालिंग पार्न ठूलो भूमिका निर्वाह गरेका थिए ।


उनले आफू जाँदाजाँदै अस्पतालका नवौं तहका कनिष्ठ चिकित्सक डा. भूपेन्द्र बस्नेतलाई कार्यकारी निर्देशकाका लागि निमित्त तोकेका छन् । अस्पतालमा ११औं तहका अन्य वरिष्ठ चिकित्सकहरू डा. हरिशचन्द्र उप्रेती, डा. ढुण्डीराज पौडेल र डा. राजेन्द्र अग्रवालहरू हुँदाहुँदै नवौं तहका बस्नेतलाई दलगत रूपमा कांग्रेसप्रति झुकाव राख्ने भएकै कारण निमित्तको जिम्मेवारी दिइएको बताइन्छ ।


यो निर्णयबाट अन्य वरिष्ठ चिकित्सकहरू रुष्ट भएका छन् । त्यति मात्र होइन, उपकुलपति डा. गणेशमान गुरुङले तोक्नुपर्नेमा गुरुङ नभएको मौकामा रजिस्ट्रार मानन्धरमार्फत काम फत्ते गरिएको बताइएको छ । त्यसो त डा. बस्नेत अन्य वरिष्ठ चिकित्सकहरूको विद्यार्थी भएकाले पनि उनीहरूले बस्नेतलाई कार्यकारी निर्देशक स्वीकार गर्न नैतिक रूपमा संकट पर्ने बताइन्छ ।


बस्नेत विद्यार्थीका रूपमा पढ्दै एसोसिएट प्रोफेसर भएका व्यक्ति हुन् । उनी कार्यकारी परिषद्को सदस्यसमेत हुन् । यस विषयमा भर्खरै अवकाश पाएका कार्यकारी निर्देशक डा. पण्डितलाई जिज्ञासा राख्दा ‘कार्यकारी निर्देशकका लागि बहालवाला हुनुपर्ने र प्राध्यापक हुनुपर्ने तर कुनै तहको बाध्यता नरहेको’ डा. पण्डितले बताए । उनले भने– ‘मैले बनाएको होइन, भीसीले बनाएको हो ।’


अहेवलाई शाखा प्रमुख

यता, जाँदाजाँदै केही दिनअघि खरिदारसरहको मान्छेलाई शाखा प्रमुखको जिम्मेवारी दिएर कार्यकारी निर्देशक डा. पण्डित सबैको आलोचनाका पात्र भएका छन् । गरिब तथा असहायहरूलाई निःशुल्क उपचारको सिफारिस गर्ने समन्वय शाखाको प्रमुख अहेव टीका पनेरूलाई दिइएको छ । कम्तीमा अधिकृत वा सोसरहको मान्छे उक्त समन्वय शाखा प्रमुख रहनुपर्नेमा डा. पण्डितले पनेरूलाई कांग्रेसनिकट भएकै कारण उक्त महत्वपूर्ण जिम्मेवारी दिइएको बताइन्छ । गोर्खा घर भएका उनले असहाय र बिरामीको अवस्था हेरी सहुलियतका लागि सिफारिस गर्नुपर्नेमा कांग्रेसका कार्यकर्ता र नेताहरूको मात्र कुरा सुन्ने र बिरामीका आफन्तसँग कमिसन लिएर मात्र सिफारिस गर्ने गरेको एक पीडितले बताए । उनलाई यस विषयमा प्रतिक्रिया लिन पटकपटक फोन गर्दा उनले उठाएनन् ।

     
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: