×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यातायात व्यवस्था विभागको नियम मिचेर टिकट बेच्दैछ बस सेवा डटकम, विभाग भन्छ, ‘अनुगमन गरी कारवाही गर्छौं”

PRIME CA

यातायात व्यवस्था विभागको नियम मिचेर टिकट बेच्दैछ बस सेवा डटकम, विभाग भन्छ, ‘अनुगमन गरी कारवाही गर्छौं”

५ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: < ३ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  – पछिल्लो समय धेरै व्यवसायहरु अनलाइनकारण भइरहेका छन् । नेपालजस्तो देशका लागि यो निकै नै स्वागतयोग्य कुरा हो । तर देशको नीति नियमहरु मिचेर कसैले काम गर्छ भने, त्यो पक्कै पनि जनतामाथिको अन्याय हो । त्यस्तै काम अहिले बससेवा डटकम नामक अनालाइनले गरीरहेकोछ । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत, यातायात व्यवस्था विभागले तोकेको भाडादरभन्दा बढी भाडा खुलेआम रुपमा लिएर उक्त अनलाइनले जनता ठग्ने गरेको गरेको छ ।
विभागले तोकेको भन्दा बढी भाडादर :
यातायात व्यवस्था विभागले तोकेको भन्दा बढी भाडा उक्त अनलाइनले उठाउने गरेको छ । यातायात व्यवस्था विभागले मिति २०७२। १० । २४ गते देखि लागु हुने नयाँ भाडादर अनुसार काठमाडौँबाट हेटौंडा, काठमाडौँबाट बीरगंज,  काठमाडौँबाट बिराटनगर जाँदा लाग्ने भाडामा विभागले तोकेको भन्दा बढी भाडा लिएर उक्त अनलाइनले टिकेट विक्री गर्ने गरेको छ ।  
विभागले काठमाडौँ बाट नारायणगढ हुँदै हेटौंडा जाने गाडीको हाल कायम गरिएको भाडा ४१२ रुपैयाँ छ । कुल ४२० किलोमिटरको उक्त दुरीको साबिक कायम गरिएको भाडा ४२३ रुपैयाँ थियो । बससेवाले डिलक्स गाडीको सुबिधा यस रुटमा दिने गरेको छ । नियमअनुसार यातायात व्यवस्था विभागबाट डिलक्स गाडी चलाउने स्वीकृति लिएकाहरुले कायम गरिएको भाडाको कुल २० प्रतिशत भन्दा बढी लिन पाउँछन् । यसरी हेर्दा हेटौंडा जाने गाडीको भाडा ४१२ + २० % =४९४.४ अर्थात् बढीमा ४९४ रुपैयाँ ४ पैसा पर्छ । तर बससेवा डटकमले काठमाडौँदेखि हेटौंडा जाने बसको भाडा ७२५ रुपैंयाँदेखि ८१५ रुपैयाँसम्म तोकेको छ ।    

यस्तै विभागले काठमाडौँबाट बीरगंज जाने गाडीको भाडा ४९१ रुपैयाँ तोकेको छ ।  कुल २७० किलोमिटर दुरीमा रहेको यो दुरीको साबिकको भाडादर ५०४ रुपैयाँ थियो । डिलक्स गाडीमा लैजाँदा पनि यात्रुबाट ५०४ + २० % =  ५८९.२ रुपैयाँ हुन आउँछ । तर बससेवामा हेर्दा यहि दुरीको मूल्य ७००देखि ८१५ रुपैयाँसम्म छ ।

यी दुइ प्रतिनिधि दुरीमात्र हुन् बससेवामा पाइने अन्य टिकेटको मूल्य पनि विभागले तोकेभन्दा बढी छ । 
के भन्छ बस सेवा डटकम ?
हामीले यसबारे बससेवा डटकममा फोन गरी जानकारी लिएका थियौं । उक्त अनलाइन संचालन गर्ने दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत बाहिर गएको भन्दै अनलाइनका कर्मचारी कपिल अर्यालले  आफ्नो सेवाबाट ग्राहक सन्तुष्ट रहेको दावी गर्दै यातायात व्यवस्था विभाग भन्दापनि विभिन्न यातायात व्यवसायी संघहरुको सहकार्यमा आफुहरुले टिकेट बेच्ने गरेको र आफ्नो टिकेट महँगो नभएको दावी गरेका छन् । ‘हाम्रो सेवाबाट कोहि पनि ग्राहक असन्तुष्ट छैनन् ।  हामीले यातायात व्यवस्था विभाग नभई विभिन्न यातायात व्यवसायी संघहरुसंगको सहकार्यमा काम गरीरहेका छौं ।’ अर्यालले भने । उनी अगाडी भन्छन्, ‘हामी तपाईंलाइ हाम्रा यात्रुको नम्बर पनि दिन सक्छौं । उहाँहरुसँग कुराकानी गर्न सक्नुहुन्छ । हाम्रा ग्राहकहरु हामीसँग सन्तुष्ट हुनुहुन्छ । ‘  
‘अनि यसरी नियमनकारी निकायको नियम मिचेर टिकेट बेच्न पाइन्छ त भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘हामीले संचालन गर्ने बस डिलक्स हो, सामान्य होइन । विभागले तोकेको भाडादर सामान्यलाइ होला ।  हामीले नहुने काम गरेका छैनौं र सबै ग्राहक सन्तुष्ट छन् । ‘   
के भन्छ यातायात व्यवस्था विभाग ?
यातायात व्यवस्था विभागका सुचना अधिकृत बसन्त अधिकारीले यातायात ब्यबस्था विभागले तोकेको भन्दा १ रुपैयाँ पनि बढी भाडा उठाउन नपाउने बताएका छन् । ‘ यातायात व्यवस्था विभागले तोकेको भाडामा हामीसँग डिलक्स गाडी चलाउएन् स्वीकृति लिएकाहरुले २० % सम्म बढी भाडा उठाउन पाउँछन् । त्यहाँभन्दा बढी वा साबिकका गाडीहरुले विभागले तोकेको भन्दा बढी एक रुपैयाँपनि उठाउन पाउँदैनन् ।’ उनका अनुसार गाडीमा खुवाइने खाजा, वा पानीको पैसा जोडेर भाडा भन्दै टिकेटमा जोड्न समेत पाईदैन । ‘टिकेटमा साबिकको गाडीमा विभागले तोकेको भाडादर र अन्य साबिकका गाडीको हकमा उक्त दरभन्दा एक रुपैयाँ पनि बढी लिन पाईदैन ।’ त्यसपछि हामीले उनलाई बससेवा डटकमले बढी भाडा असुली टिकेट बेचीरहेको बारे सोध्दा उनी भन्छन्, ‘यसो गर्न कदापी पाईदैन । 
कुनै पनि यातायात व्यवसायी संघ, कुनै समित वा कुनै समुहले पनि विभागले तोकेको भन्दा बढी मूल्य लिन नपाउने बताउँदै बस सेवा डटकमको अनुगमन गरी आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाउने उनको भनाइ छ । अर्थ सरोकार डटकमसँग कुराकानी गदै उनी भन्छन्, ‘विभागले नै अनुगमन गर्नु पर्ने हो ।  तर विभाग देशका सबै ठाउँमा पुग्न सक्दैन । बससेवा डटकमले यस्तो गरीरहेको बारे हामीलाई थाहा थिएन । तपाईंले थाहा दिनुभयो, अव अनुगमन गरी कार्वाही गर्छौं ।       
के हो बससेवा डटकम ?
बस सेवा डटकम अनलाइन टिकेट किन्न सकिने एक अनलाइन हो । दियालो टेक्नोलोजिज प्रालि नामक कम्पनीले संचालन गरेको यो अनलाइनबाट विभिन्न ठाउँमा जाने टिकट किन्न पाइन्छ । तर यो अनलाइनले बेच्ने गरेको टिकेट भने यातायात व्यवस्था विभागले तोकेको भाडादर भन्दा महँगो भएको पाइएको छ ।  यो अनलाइनमा टिकेट खरिद गरी इसेवा, अनलाइन पेमेन्ट लगायतका गेटवेहरु प्रयोग गरी रकम भुक्तानी पनि गर्न मिल्छ ।    




यस्तो छ यातायात व्यवस्था विभागले तोकेको भाडादर :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: