
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सर्वोच्च अदालतमा म्याग्दीको खोप्रा लेकमा चौँरी गाईको रगत पिउने मेला रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर भएको छ । अधिवक्ता अच्युतप्रसाद खरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमा नेपालको कानुनमा चौँरी गाई मार्ने, अङ्गभङ्ग गर्ने कार्य दण्डनीय अपराध मानेको हुँदा सो मेला रोक्न आदेशको माग गरिएको छ ।
मेलामा जिउँदो चौँरी गाईको जीउबाट निकालिएको तातोतातो रगत पिउने गरिएको र मेला कुनै प्रथा र परम्पराका रुपमा नभइकन म्याग्दीको सिख गाविसमा रहेको पाउद्धार मावि र राम्चे गाविसमा रहेको हिमाञ्चल उच्च माविमा सञ्चालन आर्थिक सङ्कलन गर्ने गरिएको रिट निवेदनमा उल्लेख छ ।
विसं २०५३ देखि प्रत्येक बर्सेनि चौँरीको रगत पिउने मेला लाग्ने गरेको र चौँरी गाईलाई चारैखुट्टा बाँधेर लडाई घाँटीमा प्वाल पारी उसको शरीरबाट २५-३० गिलास रगत निकालेर पिउनेको भीड लाग्ने गरेको उल्लेख छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्