
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको महाधिवेशनको चुनावी नतिजाले पार्टी सभापति शेरबहादुर देउवा मख्ख भएका छन् ।
निर्वाचनको मत परिणाम अनुसार देउवा पक्षका अधिकांश उम्मेदवार विजयी भएपछि १३ औँ महाधिवेशनबाट पार्टी कब्जा गरेका देउवाको नेविंघमा पनि बर्चस्व हुने भएको हो ।
निर्वाचनमा कृष्णप्रसाद सिटौला समूह देउवा समूहसँग मिसिएपछि देउवाले जितको स्वाद चाख्न पाएका हुन् । १२९ पदका लागि भएको निर्वाचनमा देउवा प्यानलबाट अध्यक्ष र दुई महामन्त्री विजयी भएका छन् । अध्यक्षमा नैनसिंह महर, महामन्त्रीमा कुन्दन काफ्ले र सरोज थापा विजयी भएका हुन् ।
त्यसैगरी उपाध्यक्षमा समेत ५ प्रदेशबाट देउवा प्यानलले जित हात पारेको छ । महामन्त्रीमा पनि ४ प्रदेशमा देउवा समूहले बाजी मारेका छन् । अध्यक्षले निर्वाचन पछि २२ जना मनोनयन गर्न पाउने व्यवस्था छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्