
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सामान्य तय डाक्टरले, शिक्षकले, आमाले बचाउने काम गर्छन भानिन्छ । जब उनीहरु नै कर्तब्य भुलेर गलत बाटोमा लागे भने के होला समाज ? यस्तै भएको छ महोतरी जिल्लामा । महोत्तरी जिल्लाको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज डाक्टर अशोक यादव ड्युटीको समयमा सार्वजनिक स्थानमा रक्सी सेवन गरी वेवारिसे अवस्थामा फेला परेका छन् ।
सोमबार बेलुकीको समयमा इन्चार्ज यादव प्राथमिक स्वास्थ्य केन्द्र गौशालाको छेउमै रहेको जिरोमाइल चौकमै अत्यधिक मात्रामा रक्सी सेवन गरी अलपत्र अवस्थामा सुतेको फेला परेपछि इन्चार्ज यादवलाई आवश्यक कारबाहीका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको हो ।
एमबिबिएस स्तरको करार दरबन्दीमा गत वर्षदेखि अस्पतालको इन्चार्ज जस्तो पदमा रहेर कार्यरत रहेका चिकित्सक यादवले यसभन्दा अगाडि पनि अनेकौँ पटक ड्युटीको समयमा रक्सी सेवन गरी लापरबाही गर्दै आएको जानकारी सम्बन्धित सरोकारवाला निकायलाई ध्यानाकर्षण गराए तापनि कुनै कारबाही नगरेको स्थानीयवासीले बताएका छन् ।
करारमा सो अस्पतालको प्रमुखका रुपमा पठाइएकाले उच्च निकायले आफूहरुलाई कुनै जानकारी बिना खटाएकाले आफूले यस सम्बन्धमा कुनै कारबाही गर्न नसक्ने पाण्डेको भनाइ छ । आफूले तथा आफ्नो कार्यालयले सुधारका लागि बारम्बार दिएको लिखित एवम् मौखिक निर्देशनको इन्चार्ज यादवले बेवास्ता गर्दै आएको प्रमुख पाण्डेले बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्