×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होस् गर्नुहोस् ! बजारमा ‘आइसक्रिम’ भनेर बेचिने यो ‘आइसक्रिम’ होइन… कुहिएका मिठाइहरुबाट बन्ने अखाद्य बस्तु हो !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

होस् गर्नुहोस् ! बजारमा ‘आइसक्रिम’ भनेर बेचिने यो ‘आइसक्रिम’ होइन… कुहिएका मिठाइहरुबाट बन्ने अखाद्य बस्तु हो !

Artha Sarokar

४ भाद्र २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौँ- ‘ल आयो मिठोमिठो आइसक्रिम मात्र १० रुपैयाँ !’ फुटपाथदेखि जात्राहरुको भीडमा सुनीरहने आवाज हो यो । झट्ट हेर्दा आइसक्रिमजस्तै लाग्ने र आइसक्रिमनै भनेर बेचिने यो आइसक्रिम नभई स्वास्थ्यमा प्रतिकुल असर गर्ने अखाद्य पदार्थ भएको खुलेको छ ।
आफ्नो नाम नबताउने सर्तमा अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै यस्तो खालको आइसक्रिमबारे जानकार एक व्यक्ति भन्छन्, ‘हामीले सामान्यतया बुझ्ने आइसक्रिम र यसमा फरक छ । यो अखाद्य बस्तु हो । यो खाँदा विशेषगरी बच्चाको स्वास्थ्यमा निकै असर गर्छ ।’ उनका अनुसार काठमाडौँको न्युरोड लगायतका ठाउँहरुमा लुकेर यसको उत्पादन हुने गरेको छ । सढेगलेका मिठाइहरुबाट बनाइने यो चिज खान स्वास्थ्यको लागि निकै हानीकारक छ ।
यता विभिन्न बजारको अनुगमन गरिरहेको बाणिज्य विभागले भने यस्तो फुटपाथमा बेचिने अखाद्य बस्तुको बारेमा ध्यान दिएको छैन । फुटपाथमा बेचिने ५ रुपैयाँ र १० रुपैयाँवाला  यो ‘आइसक्रिम’ भनर बेचिने अखाद्य बस्तुका मुख्य ग्राहक भनेकै ससाना बच्चा हुन् ।
           
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी