- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – काभ्रेमा आज भएको बस दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । काठमाडौंबाट काभ्रेको कोशीपारि कात्तिके देउराली जाँदै गरेको बा २ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली–७ खहरेखोला नजिकै दुर्घटनाग्रस्त भएको हो ।
क्षमता भन्दा बढी यात्रु बोकेको बस सडकबाट करिब ३ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । जिल्ला प्रहरी कार्यलयका प्रमुख एसएपी राजेन्द्रनाथ बास्तोलाका अनुसार अहिले स्थानीय र प्रहरी उद्दारमा खटिएका छन् । मृत्यु हुनेको संख्या यकिन हुन् नसके पनि मृतकको संख्या धेरैको मृत्यु भएको अनुमान छ । दुर्घटनाको अन्य विवरण आउँन बाँकी छ ।