
काठमाडौं – सोमबार काभ्रेको बिर्ता देउरालीमा दुर्घटनाग्रस्त बसचालको सवारी अनुमतिपत्र -लाइसेन्स) नक्कली भएको तथ्य खुलेको छ । भौतिक पूर्वाधार एवम् यातायात मन्त्री रमेश लेखकले पछिल्लो समय सडक दुर्घटना बढेपछि सरोकारवालासँग मन्त्रालयमै गरेको छलफलमा उक्त बसका चालकको लाइसेन्स नक्कली भएको खुलेको छ ।

छलफलमा दिइएको सूचनाअनुसार सोमबार दुर्घटनामा परेको बसका चालकको लाइसेन्स नक्कली भएको फेला परेको छ। बस चालकले प्रयोग गरेको अनुमति पत्र नम्बर यातायात व्यवस्था कार्यालयबाट अकैंको नाममा जारी भएको रेकर्डबाट फेला परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
पानी परेको समय, कच्ची उकाले भीरको बाटो भए पनि क्षताभन्दा तीन दोव्वर भारवहन र चालकको लापरबाहीकै कारण दुर्घटना निम्तिएको सरकोकार वालाको निष्कर्ष रहेको छ ।वा ३ ख १०६ नम्बरको यात्रुबस सोमबार दिउँसो दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो ।
- राजधानी दैनिक
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्