Skip to content
LAXMI SUNRISE BANK

बालुवाटारमा धर्ना कसले किन गर्दै छ ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – लामो समयदेखि छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाही गर्न माग गर्दै अनसनमा रहेकी गंगामाया अधिकारीको जीवनरक्षाको माग गर्दै  प्रधानमन्त्री निवास वालुवाटार अगाडी नागरिक समाजलगायत विभिन्न पेशामा आवद्ध व्यक्तिहरुले एक घण्टा धर्ना प्रदर्शन गरेका छन्।

सरकारले अपराधीलाई कारवाही नगरी राजनीतिक संरक्षण गरेको गुनासो धर्नाका सहभागीहरुको थियो ।उनीहरुले कृष्णप्रसाद अधिकारीको हत्यारालाई पक्राउ गर्न  सर्वोच्चले गरेको फैसलाको सम्मान गर्न र मानवअधिकार उल्लंघनमा दोषी किटानी भएका बालकृष्ण ढुङ्गेललगायतलाई कारवाही गर्न माग गरेका थिए ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले केही धर्नाकारीलाई बालुवाटारस्थित राष्ट्र बैंक कार्यालयअगाडिबाट पक्रेर महेन्द्र पुलिस क्लवमा लगेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK