×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसपीले असईलाई कानको जाली फुट्ने गरी तीन चड्कान दिएपछी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एसपीले असईलाई कानको जाली फुट्ने गरी तीन चड्कान दिएपछी

Artha Sarokar

२ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पोखरा – जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्यालमाथि आफ्नै संगठनका जुनियर अफिसरमाथ कुटपिट गरेको आरोपमा राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ । अर्यालले कास्की प्रहरीमै कार्यरत प्रहरी सहायक निरीक्षक कमलप्रसाद श्रेष्ठमाथि हातपात गरेको परिवारको आरोप छ ।
श्रेष्ठकी पत्नी सीताले आफ्ना पतिमाथि एसपी अर्यालले हातपात गरेको आरोपसहित कारबाहीका लागि आयोगमा उजुरी दिएपछि घटना बाहिर आएको हो । उजुरीमा सीताले आफ्ना पतिमाथि अर्यालले गत ३२ साउनमा आँखै अगाडि टाउकामा तीन मुक्का प्रहार गरेको उल्लेख गरेकी छन् ।
सीताले कुटाइपछि पति कमलको दाहिना कानम सुनिएको र जाली फुटेको आशंका गरिन् । एक महिलाको विषयमा विवाद परेपछि एसपीले श्रीमानलाई कार्यकक्षमा बोलाएको र आफूसमेत गएका बेला घटना भएको उनले बताइन् ।
प्रहरी श्रोतका अनुसार एक महिलाले कमल आफ्ना श्रीमान भएको दाबीसहित छोराको नागरिकता बनाइदिन माग गर्दै उजुरी दिएकी थिइन् । मकवानपुरको हेटौंडा घर भएकी ती महिलाले आफूलाई कमलकी कान्छी श्रीमती दाबी गरेकी थिइन् ।

ती महिलाले कान्छी श्रीमतीका रुपमा कमलको आधा तलबसमेत बुझ्दै आएकी छन् । यसैबीच एसपी अर्यालले भने आफूले कमलमाथि हातपात नगरेको दाबी गरेका छन् । तर, कान्छी श्रीमती पट्टीका सन्ताललाई नागरिकता दिन भनेको उनले स्वीकार गरे ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी