- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको तेस्रो दिन मंगलार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रति तोला ५९ हजार ९ सयमा कारोबार भएको छापावाल सुन आज मंगलबार तोलामा ४ सयले बढेर ५९ हजार ३ सयमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन प्रति तोला ५९ हजार ५० मा कारोबार भईरहेको छ ।
चाँदी प्रति तोला ८ सय ९५ रुपियाँमा कारोबार भई रहेको छ । नेपाल सुनचांदी ब्यबसायी महासंघले आज मंगलबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ८ सय ४० तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५० हजार ६ सय ८५ मा कारोबार भई रहेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ६७ रुपियाँ ५० पैसा रहेको छ ।