×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जलविधुत परियोजनामा बीस करोड घाटा कारण ‘भारतीय नाकाबन्दी’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जलविधुत परियोजनामा बीस करोड घाटा कारण ‘भारतीय नाकाबन्दी’

Artha Sarokar

२३ श्रावण २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
पाँचथर – पाँचथर सदरमुकाम फिदिम नगरपालिका र भारपा गाविसको सिमाना भएर बग्ने हेंवा खोलामा निर्माणधिन तल्लो हेंवा जलविद्युत आयोजनालाई रु २० करोड घाटा लागेको निर्माण कम्पनीले जनाएको छ ।
कारणहरु

 भूकम्प 

 गतवर्षको विनाशकारी भूकम्प र त्यसपछिको सयौ पराकम्पका कारण आयोजनाको काम प्रभावित बनेको आयोजनाको निर्माण कम्पनी माउन्टेन हाइड्रो प्रालि नेपालका अध्यक्ष सिताराम तिम्सिनाबताउछन् ।

 नाकाबन्दी 
गतवर्षको विनाशकारी भूकम्प र  त्यसपछिको अघोषित भारतीय नाकाबन्दीका कारण निर्माण कम्पनीलाई त्यतिको घाटा लागेको बताइएको छ । लामो समयसम्म कायम रहेको भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थसँगै अन्य आवश्यक सामग्री आपूर्तिमा समस्या हुँदा गतवर्षको भदौ महिनादेखि बन्द भएको आयोजनाको काम फागुन महिनादेखि मात्र सुचारु भएको बताईंन्छ ।

स्थानीयवासीको अवरोध
 विभिन्न माग राख्दै स्थानीयवासीले गरेको अवरोधका कारण पनि करोडौँं घाटा बेर्होेर्नु परेको छ ।आयोजनाको काम सुरु हुनुभन्दा अगाडि कम्पनीले स्थानीयवासीसँग १० बुँदे सम्झौता गरेको थियो । तर कम्पनीले सम्झौता अनुसार सिँचाइ, पिउने पानी आदिको व्यवस्था गर्न अटेर गरेको भन्दै स्थानीयवासीले आयोजनाको काममा अवरोध पुर्याउँदै आएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी