
- अर्थ सरोकार सम्बाददाता
इटहरी– के तपाईं हुलासको प्रिमियम बास्मती चामल खानुहुन्छ ? यदी हुनुहुन्छ भने विचार गर्नुहोस्गो, चामलमा पूरै घुन र किरा हुन सक्छ । इटहरीमा यस्तै भएको छ ।
गोल्छाको उद्तापन
हुलासको प्रिमियम बास्मती चामल गोल्छा अर्गनाइजेसनद्धारा उत्पादित चामल हो । यस संस्थाले उतापदा गरेको प्रिमियर बास्मती चामलमा घुन फेला परेको छ । घुन मात्र होइन अन्य केहि प्रकारका किरा पनि चामलमा भेटिएको छ । प्याकिङको जानकारी हेर्दा उक्त चामल गौरिगञ्ज झापामा संचालित धिरज चामल उद्योगले उक्त चामल उत्पादन गरेको उल्लेख छ ।
के भन्छन् गोल्छा अर्गनाईजेशन ?
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै गोल्छा अर्गनाइजेसनका बजार प्रमुख प्रदिप पेडियारले कम्पनीको इतिहासमै पहिलो पटक यस्तो गुनासो आएको बताए । भण्डारणमा गल्ती भएकाले यस्तो हुन सक्ने बताउदै उनले कम्पनी आउँदा दिनमा सचेत हुने बताए ।
के भन्छ गुण नियत्रण कार्यालय :
यता चामलमा घुन भेटिएको बारे प्रश्न गर्दा क्षेत्रीय गुण नियन्त्रण कार्यलय विराटनगरका प्रमुख प्रमोद कोइरालाले उपभोक्ताको स्वास्थ्यमा असर गर्ने कुनै पनि खाद्य सामाग्री बेच्न कुनै पनि हालतमा नपाइने स्पष्ट व्यवस्था रहेको हुँदा गोल्छाको चामलमा किरा भएको पुष्टि भए कारवाही गरिने बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्