Skip to content
LAXMI SUNRISE BANK

अब नेपालमै हाइड्रोपावर इन्जिनियरिङ विषयको पठन पाठन सुरु

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आगामी कात्तिक २६ गतेदेखि केन्द्रीय कार्यालय, सुर्खेतबाट  नेपालमा पहिलोपटक हाइड्रोपावर इन्जिनियरिङको पठन पाठन सुरु गर्ने भएको छ ।

स्नातक तहमा ४८ जनालाई अध्ययन गराउने गरि आगामी भदौ ८ गतेदेखि फारम वितरण तथा ११ गते काठमाडौँ तथा सुर्खेतबाट प्रवेश परीक्षा लिइनेछ । 

विश्वविद्यालयद्वारा आयोजित पत्रकारसम्मेलनमा विश्वविद्यालयका उपकुलपति प्रा डा उपेन्द्र कोइरालाले नेपालमा हाइड्रोपावरको प्रचुर सम्भावना रहेको भएपनि सो विषयमा अहिलेसम्म अध्ययन हुन नसकेकाले प्राविधिक जनशक्तिको अभाव रहेकाले पढाइ सुरु गर्न लागिएको जानकारी गराएका छन् ।
इन्जिनियरिङ सङ्कायका डिन अनन्तराज घिमिरेले चालु आवबाट हाइड्रोपावर इन्जिनियरिङको पढाइ सुरु गरिएको भएपनि आगामी दिनमा त्यस विषयमा स्नातकोत्तरको समेत अध्यापन गराइने बताए । विज्ञ रामचन्द्र अर्यालले त्यस विषयको अध्ययनले प्राविधिक क्षेत्रमा सबल र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
विसं २०६७ मा स्थापना भएको विश्वविद्यालयबाट मानविकी, व्यवस्थापन, विज्ञान तथा प्रविधि, शिक्षा र इन्जिनियरिङको पढाइ भने हुँदै आएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK