×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालका सिएले बेलायतमा पनि पाउने भए मान्यता,आइक्यान र आइसीएइडब्लु बीचको सम्झौताको मिति तय

GLOBAL IME BANK
SHREE KESH

नेपालका सिएले बेलायतमा पनि पाउने भए मान्यता,आइक्यान र आइसीएइडब्लु बीचको सम्झौताको मिति तय

२७ श्रावण २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ –  नेपालको चार्टडएकाउन्टन्ट्स संस्था (आइक्यान) बाट उतिर्ण सिएहरुले अन्तराष्ट्रिय मान्यता पाउने भएका छन् । आइक्यानका तत्कालीन अध्यक्ष नरेन्द्र भट्टराइको ठुलो प्रयासमा सुरु गरिएको एमआरए प्रक्रिया अन्तत सफल हुने भएको हो  । यसअघि आइक्यानको नेतृत्व सम्हालेका प्रकाश लम्सालको पालामा नै सम्पूर्ण प्रक्रिया पूरा भएपनि कसको पालामा हस्ताक्षर गर्ने भन्ने विवादले अड्किएको आईक्यान र आइसीएइडब्लु एमआरएमा अन्तत हस्ताक्षर हुने भएको छ । हस्ताक्षर हुने मिति भने तय भइसकेको र आउँदो काउन्सिल बैठकले पारित गरेपछि सार्वजनिक गरिने बताइएको छ । 
आइक्यानबाट उतिर्ण भइ कम्तिमा २ बर्ष लेखापरिक्षण कार्यमा संग्लग्न भएको भएकाहरुले आइसीएइडब्लुको सदाशयताका लागि आवेदन दिन सक्नेछन। 
आइसिएइडब्लु विश्वभर सबैभन्दा बढी सदश्यहरु भएको सिए इन्स्टिच्युट हो ।
सम्झौताका लागि सबै काम सकिएको भएपनि हालका अध्यक्ष महेश खनालले आफ्नो पालामा सम्झौता गर्न प्रकाश लम्साललाइ बिन्ति गरेपछि यो प्रक्रिया ढिलो भएको थियो ।
  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: