×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नियमन नहुँदा सरकारी भत्ताको दुरुपयोग, भत्ता लिएर भट्टी जान्छन् इलामको सिद्धिथुम्का गाबिसका वृद्धाहरु

GLOBAL IME BANK
SHREE KESH

नियमन नहुँदा सरकारी भत्ताको दुरुपयोग, भत्ता लिएर भट्टी जान्छन् इलामको सिद्धिथुम्का गाबिसका वृद्धाहरु

५ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • दिक्षा कट्टेल / अर्थ सरोकार डटकम  
इलाम – जिल्लाको सिद्धिथुम्का गाबिसमा वृद्ध भत्ताको चरम दुरुपयोग हुने गरेको तथ्य बाहिरिएको छ । गाबिसमा रहेका अधिकांस वृद्धाहरु भत्ता पाउने बितिकै भट्टी छिर्ने गरेका छन् । ७० बर्षभन्दामाथिका वृद्धहरुलाई सरकारले प्रतिमहिना रु. १००० भत्ता दिने गरेको छ भने ३- ३ महिनामा उनीहरुले भत्ता बुझ्ने गरेका छन् । कतिपय वृद्धाले एकै बसाइमा तीन हजारनै सकाउने समेत गरेका छन् । मदिरा, मासुसँगै कहिलेकाहीं उनीहरु जुवाको  खालमा समेत बस्ने गरेको स्थानीयबासी बताउँछन् । तर उनीहरुको अधिकांस रकम रक्सीमै सकिने गरेको छ । 
भत्ताको पैसाले वृद्धहरु रक्सीमा मस्त ! 
सरकारले दिएको भत्ता पाएकै दिन गाबिसका अधिकांस वृद्धाहरु भट्टी छिर्ने गरेका छन् । यसबारे वृद्धाहरुको तर्क भने बेग्लै छ । ‘भत्ता भनेकोनै कहिलेकाहीं रमाइलो गर्न दिएको त हो नि । लाउन, खान त छोराहरुले दिइनैहाल्छन् नि ! वृद्दभत्ताभनेकै यसो तलवललाग्दा रमाइलो गर्न हो ।’ गाबिसका एक वृद्धाले बताए । उनीमात्र होइन अधिकांस वृद्धहरुको भनाइ यस्तै छ । यसरी रक्सीमै भत्ता सकाउनेहरु कतिपय बिरामी वृद्धा औषधि सेवन गरीरहेका वृद्धाहरु पनि छन् ।
यसबारे गाबिसका सचिव युवराज घोर्साइलाई सम्पर्क गर्न खोज्दा उनको दुवै मोबाइल नम्बर अफ छ ।         
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: