×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यो कस्तो नियम ? गल्ती कर कार्यालयले गर्ने, जरिवाना करदाताले तिर्ने !

PRIME CA
GLOBAL IME BANK

यो कस्तो नियम ? गल्ती कर कार्यालयले गर्ने, जरिवाना करदाताले तिर्ने !

२५ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

एक  पटक गत साउन २५ गते अर्थ सरोकार डटकमले प्रकाशित गरेको यो समाचार पढ्नुहोस् :

काठमाडौँ -साउन २५ गते, असार महिनाको भ्याटको विवरण बुझाउने अन्तिम मिति । तर अन्तिम मिति हुँदाहुँदै पनि आज धेरै करदाताहरुले मु. अ करको विवरण बुझाउन पाएनन् । त्यो पनि आन्तरिक राजश्व विभागको वेव साइटमा समस्या देखिएपछि । मंगलबार विहानैदेखि साइटमा समस्या थियो । र बेलुकासम्म पनि साइटको समस्या सुल्झिएको छैन । यसले करदाताले अव १००० जरिवाना तिर्नुपर्ने निश्चित भएको छ ।

करदाता भन्छन्, साइट नचल्नु हाम्रो गल्ती हो र ?

आन्तरिक राजश्व विभागको वेवसाइटमा समस्या हुँदा करको विवरण बुझाउन नपाएर जरिवानामा पर्ने करदाताहरु यतिबेला आक्रोशित छन् । ‘आन्तरिक राजश्व विभागको साइटमै समस्या छ । हामीले के गरौँ त ? कर विवरण बुझाउछु भनेकै हो । तर साइट नै चल्दैन ।’ कोटेश्वरका एक करदाताले भने । उनी अगाडी भन्छन्, अन्तिम दिन सिष्टममा समस्या आउँछ । जसमा हाम्रो केहि गल्ती छैन । तर भोलि हामीले नै जरिवाना तिर्नुपर्छ ।

कर कार्यालयका कर्मचारी भन्छन्, ‘प्राविधिक समस्या हो, हामी के नै गर्न सक्छौं र ?’

यसबारे विभिन्न करदाता सेवा कार्यालयका कर्मचारी भने गैरजिम्मेवार अभिव्यक्ति दिन्छन् । अन्तिम दिन किन सिष्टममा समस्या छ भन्ने प्रश्नमा आन्तरिक राजश्व विभाग, करदाता सेवा कार्यालय बानेश्वर, करदाता सेवा कार्यालय कोटेश्वर लगायतका सबैजसो कर कार्यालयका कर्मचारीहरुको एउटै जवाफ आयो,’ प्राविधिक समस्या हो, हामी के नै गर्न सक्छौं र ?’  

र आजको दिनमा पनि… 
समस्या उही छ, साइटमा समस्या छ, र आज दिनभर साइटमा समस्या भएको खण्डमा भोलि जरिवाना लाग्ने निश्चित छ ।       

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: