×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चालीस करोड ऋण लिएका रतन संघाइ पक्राउ परेसँगै जनता बैंकका सञ्चालकहरु तनावमा !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – औषधी व्यवसायी रतन संघाई प्रहरीको फन्दामा परेसँगै जनता बैंकका सञ्चालकहरु तनावमा परेका छन् । संघाई पक्राउ पर्दा जनता बैंकका सञ्चालकद्धय गुरुप्रसाद न्यौपाने, सांसद उदय नेपाली श्रेष्ठ तनावमा परेका हुन् । 
बैंकका पछिल्ला घटना क्रमले केहि समय यता निकै तनावमा रहेका जनता बैंकका संचालकहरु फेरी अर्को तनावमा परेका हुन् । मेगा हुँदै माछापुच्छ्रेसम्मको मर्जर तुहिएर चिन्तामा रहेका उनीहरुलाई ऋण दिइएका व्यवसायीलाई प्रहरीले पक्राउ गरेपछि ऋण डुब्ने डरले छोपेको हो ।
तीन वर्ष अगाडि ४० करोड रुपैंया व्यापारिक कर्जा दिएको थियो । उनै रतनको कम्पनीलाई जनता बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईले बैंकको वोर्डको दबाबमा तीन वर्ष अगाडि उक्त ऋण प्रवाह गरिएको स्रोतको दावी छ ।
नियमित रुपपमा व्याज तिर्दै आएको संघाई गु्रपका अध्यक्ष पवन संघाईका आफन्त हुन रतन संघाई । संघाईको वास जेलतिर हुने भएपछि जनता बैंकले प्रवाह गरेको चालीस करोड रकम डुब्ने पो हो कि भन्ने चिन्ताले ग्रस्तभएका छन अहिले उदय नेपाली र गुरु प्रसाद न्यौपानेहरु ।
रतन संघाई एभरेष्ट इन्सुरेन्स तथा एचपी ग्यासका सञ्चालक समेत हुन् । भारतबाट औषधीमा प्रयोग हुने रसायन ल्याएर लागुऔषध कारोवारीलाई बेचेको आरोपमा संघाइलाई प्रहरीले समातेर अहिले थुनामा राखेको छ । वरिष्ठ अधिवक्ता शभ्भु थापा सहितका पाँच कानुन व्यवासायीहरु संघाईको पक्षमा वकालत गरिरहेका छन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: