×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भक्तपुरको जात्रामा कुल्फी, दहि र पानीपुरी बेच्नेले अचाक्ली कमाए, बालश्रम शोषणमा कसैको ध्यान गएन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भक्तपुरको जात्रामा कुल्फी, दहि र पानीपुरी बेच्नेले अचाक्ली कमाए, बालश्रम शोषणमा कसैको ध्यान गएन

४ भाद्र २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर : भक्तपुरमा मनाइएको गाइजात्राको रमाइलो र सांस्कृतिक पाटो एकातर्फ छ । अर्कोतर्फ यहाँ जात्राको समयमा हुने मौसमी व्यापारको रौनक पनि बेग्लै छ । जात्राको समयमा बियर, अन्य मदिरा, कुल्फी, दहि र पानीपुरी सबैभन्दा बढी बिक्रि हुने गरेको छ भने जात्राको समयमा पानीको बिक्रिपनि बढ्ने गरेको छ ।
शनिबार भक्तपुरको जात्रामा पनि यस्तै भयो । कुल्फी बेच्नेलाई फुर्सद नै थिएन भने दहि बेच्नेको व्यापार पनि उस्तै राम्रो देखिन्थ्यो । यता बच्चाका लागि खेलौना र कपडाको बिक्रि पनि उल्लेखनीय रुपमा भएको पाइयो जात्रा अवधिभर । भक्तपुरमा विभिन्न्न समयमा विभिन्नखालका जात्रा लाग्ने गरेको छ । जात्राकै समयमा गरीने यस्ता मौसमी व्यापारबाट व्यापारीहरुले निकै नै राम्रो कमाइ गर्ने गरेका छन् ।    
यता यस्तो मौसमी व्यापार गर्दा बालश्रम शोषण भइरहेकोबारे भने कसैको ध्यान गएको छैन । भक्तपुरको जात्रा हेर्न जाने जो कोहिले पनि ससाना बाल बालिका पनि विभिन्न खाले व्यापार गरीरहेका देख्न सकछन् ।
कतिले केहि पैसा हुने हुनाले बालबालिकाले पनि यस्तो काम गर्नु नराम्रो नभएको प्रतिक्रिया दिन्छन् । तर नेपालको कानुनले भने जुनसुकै बाहानामा पनि ससाना बालबालिकालाइ काम लगाउनु बालश्रम शोषण हो भने छ । तर यसतर्फ सम्बन्धित निकायको ध्यान गएको छैन । बालश्रम शोषण विरुद्ध काम गर्ने भक्तपुरमै पनि उल्लेखनीय मात्रामा गैर सरकारी संस्था भएको भएपनि यसतर्फ कसैको पनि ध्यान गरेको छैन ।   
     

  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: