×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति मगरको कमाइ महिनाको १० लाख बढी !

PRIME CA
GLOBAL IME BANK

ज्योति मगरको कमाइ महिनाको १० लाख बढी !

२६ श्रावण २०७३, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – बेला बेलामा विवादमा परिरहने गायिका तथा मोडल हुन् ज्योति मगर । प्राय उत्तेजित हाउभाउमा स्टेजमा प्रस्तुत हुने मोडल तथा गायिका मगरको कमाइ भने धेरै नै बढी छ । देशविदेशमा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा मोटो रकम लिने गरेकी ज्योति देशभित्रै हुने कार्यक्रमहरुमा पनि मोटो रकम लिएर मात्र स्टेजमा आफ्नो काम देखाउने गर्छिन् ।
पछिल्लो समयमा मलेसियामा भएको एक कार्यक्रमको भिडियोलाइ लिएर समेत विवादित बनेकी मगरले उक्त कार्यक्रमका लागि पनि मोटो रकम लिएको स्रोत बताउँछ । विभिन्न सांस्कृतिक कार्यक्रममा नृत्य गरे वापत वा गीत गाए वापक उनले लिने पारिश्रमिक निकै महँगो छ ।
उनी निकटका केहि कलाकर्मीका अनुसार एउटा स्टेज कार्यक्रममा नाचे वा गाएवापत विदेशमा हो भने उनले आयोजक हेरेर २ देखि ५ लाखसम्म लिने गरेकी छिन् भने नेपालको कार्यक्रममा आयोजक हेरेर ४० हजारदेखि एक लाख रुपैयाँसम्म लिने गरेकी छिन ।
यतिबेला विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रम हुने भएकाले उनको कमाइ पनि अचाक्ली बढेको छ । उनी निकट केहि कलाकर्मीका अनुसार उनको हालको कमाइ महिनाको झन्डै १० लाख बढी छ ।       
उनलाई यसबारेमा प्रश्न गर्न खोज्दा भने उनको फोन उठेन । उनीजस्तै गायिका तथा नायिकाहरुको कमाइ पनि राम्रो हुने गरेको बताइएको छ ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: