
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काभ्रेको विर्ता देउराली बस दुर्घटना हुँदा घाइते भएकाहरुलाई तत्काल हेलिकप्टर पठाइ उद्धार गर्न गृहमन्त्री विमलेन्द्र निधिलाई निर्देशन दिएका छन् ।
सोमबार दिउँसो काठमाडौंबाट कोशीपारी जाँदै गरेको बा ३ ख १०६ नम्वरको बस दुर्घटना भएको थियो । दुर्घटनामा २४ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् । हेलिकप्टर आउने आशमा विर्ता देउरालीमा हेलिप्याड समेत बनाइएको छ ।
यो पनि पढ्नुहोस् :
अपडेट : काभ्रेमा बस दुर्घटना हुँदा २४ को मुत्यु, उद्धार जारी (हेर्नुहोस् ४ EXCLUSIVE तश्वीर)