×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यो वर्षको हिउँदमा बढ्ने भयो लोडसेडिङ

PRIME CA

यो वर्षको हिउँदमा बढ्ने भयो लोडसेडिङ

२४ श्रावण २०७३, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ – निर्माणाधीन २२० केभीको ढल्केबर सबस्टेसन निर्धारित समयमा पूरा नहुने भएपछि भारतबाट थप बिजुली ल्याउन असम्भव देखिएको छ ।

नेपाल र भारतबीच थप विद्युत् आयात गर्ने सहमति भए पनि पुसभित्र सबस्टेसनको काम सम्पन्न गर्ने लक्ष्य पूरा नभएकाले आगामी हिउँदमा पनि लोडसेडिङ बढ्ने अवस्था सिर्जना भएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा तत्काल ८० मेगावाट र डिसेम्बरदेखि थप १२० मेगावाट विद्युत् ल्याउने सम्झौता भएको थियो ।
तर, सबस्टेसनको अभावमा बिजुली ल्याउन समस्या हुने देखिएको हो । सबस्टेसन निर्माण गरिरहेको ठेकेदार कम्पनीले डिसेम्बरभित्र निर्माण गर्न नसक्ने जानकारी नेपाल विद्युत् प्राधिकरणमा गराइसकेको छ ।
सम्झौताअनुसार विद्युत् आयात नगरे पनि नेपालले कबोल गरेअनुसार आयातीत बिजुलीको मूल्य अनिवार्य तिर्नुपर्ने हुन्छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले ठेकेदार कम्पनीले डिसेम्बरसम्ममा सबस्टेसन निर्माण पूरा गर्न नसक्ने जानकारी गराएकाले यसबारे कसरी अघि बढ्ने भन्नेमा छलफल भइरहेको जानकारी दिए ।

उनले यसबारे भारतसँग पनि थप छलफल हुने जानकारी दिए ।
प्राधिकरणका अधिकारीहरूले सबस्टेसन समयमै निर्माण हुन असम्भव भएको ऊर्जा मन्त्रालयसँगको छलफलमा जानकारी गराइसकेका छन् । -कारोबार दैनिकबाट

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: