Skip to content
LAXMI SUNRISE BANK

ल्हारक्यालले ‘मम्मी बधाई छ’ भन्दै प्रचण्ड पत्नीलाई ओडाउन खोजेको खादा छोरी गंगाको काँधमा

अर्थ सरोकार

काठमाडौं – सरकार फेरिएर नयाँ सरकार गठन भएसँगै शक्तिकेन्द्रमा धाउनेहरुको संख्या सानो हुँदैन । कतिपय शक्ति केन्द्र रुजाउन पुग्नेहरु आफैलाई लाज लाग्ने हर्कत गर्न पछि पर्दैनन् । यस्तै मध्येको एक कहानी बन्यो बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा ।

गत बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनको निवास लाजिम्पाटमा बधाई दिनेको ओइरो लाग्यो । पूर्व गृहमन्त्री शक्ति बस्नेतदेखि मन्त्री बन्नका लागि तयार भएका शिवकुमार मण्डल, रामनारायण विडारीसम्म बधाई दिन लाजिम्पाट पुगे । त्यस्तै प्रहरी महानिरीक्षक (आइजीपी) उपेन्द्रकान्त अर्याल, नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवाल पनि लाजिम्पाट पुगे ।

आफुलाई अब्वल दर्जाको लेखक मान्ने नरेन्द्रराज प्रसाई त किताब बोकेरै प्रचण्डलाई भेट्न पुगेका थिए । किताब दिएर फोटो खिच्नेमात्र होइन, निरन्तर प्रचण्डका भक्तिगान गाएर लेखेको पनि बताउन भ्याए । ‘मैले हजुरका पक्षमा लेखेको थिएँ, पढ्नु भयो?’, खादा लगाएर हात मिलाउँदै प्रसाइले प्रचण्डलाई सोधे,‘म नरेन्द्रराज प्रसाई, लेखक हुँ ।’ प्रचण्डले यति सुन्नासाथ भनिदिए,‘पढेको छु, हो तपाई लेखक हो ।’ परिवारसहित पुगेका प्रसाइले प्रचण्डसँग फोटो खिचाएर फर्किए ।

यतिमात्र होइन, प्रचण्डलाई भेटेर बधाई दिनका लागि धेरै क्षेत्रका मान्छेहरुको भिड लाजिम्पाटमा लागेको थियो । बैंकको लकरमा गोली राखेको आरोपमा पक्राउ पर्दा सांसद पद गुमाएका ल्हारक्याल लामा पनि लाजिम्पाट पुगे । झन्डै आधा दर्जन लामाहरुसहित लामाबस्त्रमा पुगेका ल्हारक्यालले प्रचण्डलाई बुके दिँदै बधाई दिए ।

प्रचण्डलाई मात्र बधाई दिएर ल्हारक्याललाई पुगेन । त्यसपछि प्रचण्ड पत्नी सीता दाहाल खोज्न थाले । प्रचण्डको निवास बाहिर एक ठाउँमा महिलाहरुको समुह बसेको थियो ।
सिता खोज्दै उनी त्यहीँ पुगे ।  ‘मम्मी बधाई छ’ भन्दै प्रचण्ड पत्नी सितालाई ओडाउन खोजेको खादा छोरी गंगालाई परयो । गंगाले हतपतमा भनिन् ‘म मम्मी होइन, छोरी हुँ ।’ त्यसपछि ल्हारक्याल खादा लिएर सीतालाई खोज्दै घरभित्र छिरे । ल्हारक्यालको त्यो दृष्य देखेर कतिपय प्रहरी अधिकारीहरुलाई रोमाञ्चक बनायो भने अन्यलाई दिक्क । –एस काठमाडौँबाट 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK