×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मधेसी मोर्चाको एउटा महत्वपूर्ण माग पूरा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मधेसी मोर्चाको एउटा महत्वपूर्ण माग पूरा

Artha Sarokar

२ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले मधेस आन्दोलनमा मारिएका ५२ जनाको परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । आन्दोलनमा मारिएका दश सुरक्षाकर्मी सहितका परिवारलाई १० लाखका दरले क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

मधेस आन्दोलनमा मारिएका ६८ जनाको परिवारको सूची केही दिनअघि मधेसी मोर्चाले उपलव्ध गराए पनि ५२ परिवारका लागि उक्त निर्णय भएको बताइएको छ । अघिल्लो केपी ओली नेतृत्वको सरकारले भने ४२ जनालाई राहत दिएको बताइएको थियो । बैठकले मधेस आन्दोलनका क्रममा भएका घटनाहरुको बारेमा छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्रलालको अध्यक्षतामा आयोग समेत गठन गरेको छ ।

सो आयोगले मधेस आन्दोलनका क्रममा भएका हिंसात्मक घटना, निजी तथा सार्वजनिक सम्पत्तिमा पुगेको क्षति लगायतका सवालमा छानबिन गर्ने जनाइएको छ । लामो समयदेखि मधेसमा आन्दोलनरत मधेसी मोर्चाले आन्दोलनमा मारिएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने माग राख्दै आएको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी