×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किन मध्यरातमा चीन उडे माधव नेपाल ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

किन मध्यरातमा चीन उडे माधव नेपाल ?

Artha Sarokar

३ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपाल गए राती चीन प्रस्थान गरेका छन् । नेता नेपाल श्रीमती गायत्रीका साथ बिहीबार राति सवा ११ बजे चीनको हुनान प्रस्थान गरेका हुन् ।

नेपाल बेइजिङसम्म पुगेर एक सातामा नेपाल फर्कने उनका स्वकीय सचिव मोहन गौतमले  बताए । गौतमका अनुसार भ्रमण विशुद्ध व्यक्तिगत र पारिवारिक हुनेछ ।
‘यो विशुद्ध पारिवारिक र व्यक्तिगत भ्रमण हो’, गौतमले भने, ‘घुमफिर मात्र गर्नुहुन्छ, राजनीतिक भेटघाट केही हुँदैन ।’ गौतमका अनुसार व्यक्तिगत भ्रमण भएकाले सरकारलाई जानकारी गराइएको छैन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी