×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किन चीनले महत्व दिएन उपप्रधानमन्त्री महरालाई ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

किन चीनले महत्व दिएन उपप्रधानमन्त्री महरालाई ?

५ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – उपप्रधानमन्त्री कृष्ण बहादुर महराको चीन भ्रमणलाई उस्ले किन उति धेरै चासो नदिएको होला ? चीन मामलाका जानकारहरुका अुनसार  चीन प्रचण्ड माओवादीसहितको ओली सरकार निरन्तरतामा टिकोस्  भन्ने चाहन्थ्यो। तर भइदियो उल्टो ।
सरकार परिवर्तनका ती सबै खेलमा प्रचण्ड, कांग्रेस र भारतलाई एक ठाउँमा ल्याउने काम माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले गरेका हुन भन्ने कुरा पनि चीनले प्रष्ट बुझेको छ ।त्यही भएर हुनसक्छ  महराको चीन भ्रमणलाई चीनले खासै चासो र महत्व नदिएको बुझिएको छ ।
हालै केही दिनअिघ नेपाल आएको चीनको एक विज्ञ टोलीका नेता हु सिसेङको अभिव्यक्तिले प्रष्ट रुपमा ओली सरकाको निरन्तरता चाहेको देखिन्छ ।
यसपालिको महराको चीन भ्रमणलाई तत्कालीन पूर्व राजा ज्ञानेन्द्रका मन्त्री रमेशनाथ पान्डेको भ्रमणका रुपमा चीनले लिएको छ ।
खासमा रमेशनाथ पान्डेलाई चीनले अमेरिकाको सिआईएसँग नजिक रहेर काम गरेको व्यक्तिका रुपमा चिन्दो रहेछ । ज्ञानेन्द्रकालीन शासनका बेला ज्ञानेन्द्रले नेपाल र चीनको सम्वन्ध सुमुधुर कायम गर्न आफ्ना दूतका रुपमा चीन पठाए ।
तर त्यो बेला चीनले फ्याक्समार्फत पान्डेलाई चीन नपठाउन ज्ञानेन्द्रकहाँ पठायो । तर ज्ञानेन्द्रले पहिल्यै नै तय गरेको हुनाले त्यो भ्रमणमा रमेशनाथ पान्डे चीन गए । तर त्यो भ्रमणबाट चीनले कुनै प्रष्ट जबाफ नदिएको चीनसँग नजिक रहेर काम गरिरहेका एक विज्ञको भनाई रहेको छ ।
रमेशनाथ पान्डे त्यस्ता मान्छे हुन्, जतिबेला अमेरिका र भियतनामबीच युद्ध भइरहेको बेला अमेरिकाले पान्डेलाई नेपालबाट चार्टड हेलिकप्टर रिजर्व गरेर लगेको थियो । उनी प्रो अमेरिकी हुन् भन्नेमा चीनको भित्री बुझाई थियो ।
अहिले प्रचण्ड सरकारका उपप्रधान एवं अर्थमन्त्री महरा चीन गए । उनलाई पनि चीनले रमेशनाथ पान्डेका रुपमा लिने गरेको चिनियाँ उच्च स्रोतको दाबी छ । महरा अहिले पश्चिमा र भारतसँग नजिकिएको भन्दै चीनले उनलाई खासै विश्वास गर्ने पात्रका रुपमा नलिएको स्थिति छ ।
  • एस काठमाडौँ 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: