×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के भने महरासँगको भेटमा चिनियाँ प्रधानमन्त्रीले ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

के भने महरासँगको भेटमा चिनियाँ प्रधानमन्त्रीले ?

Artha Sarokar

१ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनका प्रधानमन्त्री ली ख छयङसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री प्रचण्डको विशेष दूतको रुपमा चीन भ्रमणमा रहेको महराले मंगलबार चिनियाँ प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा  नेपाल–चीन सम्बन्ध, आसपी सहकार्य, विकास, नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आदीका बारेमा छलफल भएको थियो । सो अवसरमा चिनियाँ प्रधानमन्त्री लीले नेपाल र चीनबीचमा भएका सम्झौता समझदारीलाई कार्यान्वनमा लैजानका लागि दुवै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने बताए ।

उनले नेपालको विकासमा चीनको सहयोग निरन्तर रहिरहने समेत बताए । सो अवसरमा महराले विगतको ओली सरकारले चीनसँग गरेका सम्झौता कार्यान्वयनमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी