Skip to content
LAXMI SUNRISE BANK

उपप्रधानमन्त्री तथा अर्थमन्त्री महरा भन्छन् “पूरक बजेट आउँदैन”

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले “राजनीतिक पूर्वाग्रह नराखी अगाडि बढ्छौँ, त्यो बजेटमा हाम्रो पनि स्वामित्व छ ।” भन्दै पूर्व सरकारले पेस गरेको बजेटलाई नै निरन्तरता दिइने बताएका छन् ।

संसद्ले विनीयोजन विधेक पास गरिसकेको अवस्थामा बाँकी रहेका अरु विधेयकलाई चालु सदनबाटै पास गरिने स्पष्ट गर्दै उनले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाए । पछिल्लो समयमा पुँजी बजारमा आएको उतारचढावका विषयमा उनले  नेप्सेमा आएको परिवर्तन सरकार परिवर्तनसँग जोड्न  मिल्दैन भने ।

अर्थमन्त्री महराले पुँजी बजारका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्की र नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलियासँगको छलफलका क्रममा पुँजीबजारमा देखिएको उतारचढाव सरकार परिवर्तनले नभई प्राविधिक एवम् बजारको प्रकृतिअनुसार भएको हो भन्ने निकर्ष निस्किएको थियो  ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK