×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ठग महिला जसले महिलाकै साढे ४ करोड रकम ठगिन

GLOBAL IME BANK
SHREE KESH

ठग महिला जसले महिलाकै साढे ४ करोड रकम ठगिन

७ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

फलेवास – पर्वतको कुस्मा घर भएकी महिलाले बुटवल पुगेर साढे ४ चार करोड रुपैयाभन्दा बढी ठगी गरेर फरार भएकी छन् । कुस्मा नगरपालिका–१० साझाचोक घर भएकी जमुना कुँवरले बुटवलमा पुगेर  ४ करोड र ६० तोला भन्दा बढी सुनका गरगहना ठगी फरार भएकी हुन् ।

कँुवरले बिभिन्न बहानामा बुटवल मिलनचोक वरपरका महिलाहरुबाट नगद र गहनासहित साउन २२ गतेदेखि फरार भएको पीडितले बताएका छन् । कँुवरले श्रीमानलाई रोजगारीका लागि बिदेश पठाउन विमानस्थल जान्छु भनेर हिँडेपछि सम्पर्कबिहीन भएको पीडितले बताए ।
बुटवल मिलनचोकमा चार वर्ष पहिलेदेखि बस्न थालेकी कुँवरले त्यस क्षेत्रमा महिलाहरुको मन जितेको र विश्वासमा परेर सबैले रकम दिएको बताएका छन् । एक जनाको  ५० लाखसम्म ठगी गरेको पीडितले बताएका छन् । कतिपयसँग तमसुक गरेर रकम लिएको र कतिपयलाई नगद फिर्ता दिन चेकसमेत दिएर फरार भएको पीडितहरुले बताए । पीडितहरुले अपराध अनुसन्धान महाशाखा हनुमानढोकामा उजुरीसमेत दिएका छन् ।

कुँवरले नेपाल टेलिकम पर्वतमा दुईवर्ष जति कार्यालय सहयोगीको रुपमा समेत काम गरेकी थिइन् । कुस्माबजारमा समेत विभिन्न ठगी गरेको आरोपमा महिलाहरु कारबाहीमा पर्न थालेपछि रातरात भागेर उनी बुटवल पुगेकी थिइन् । पर्वतको कुस्मामा  १० लाखभन्दा बढी ठगी गरेपछि उनी फरार भएकी थिइन् ।
पर्वतको धाइरिङ्ग गाविस–९ मा माइती भएकी कुवँर कुस्माबजारमा एसएलसी परीक्षा दिन आएको बेला स्थानीय विनोद कुँवरसँग प्रेम विवाह गरेकी थिइन् । उनका दुई छोरीसमेत छन् ।  पर्वतको कुस्माबजारमा एक वर्ष पहिले पनि कमला लामा वाईवा नाम गरेकी एक महिलाले  ३ करोडभन्दा बढी ठगी गरेर भागेकी थिइन् । ढिकुटी, सापटी र ऋणसमेत गरी रकम उठाएकी उनी हालसम्म फरार छन् ।
स्थानीय रुपमा घर बनाउने ठेकेदारको रुपमा काम गर्ने श्रीमान् र श्रीमती दुबै फरार भएपछि सर्वसाधारणको बिचल्ली भएको छ । पीडितहरुले उजुरी दिएपनि अहिलेसम्म अभियुक्तलाई प्रहरीले पक्रन सकेको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: