×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

को को हुन् त मन्त्री नहुदै बधाई पाउने नेताहरु ?

PRIME CA
GLOBAL IME BANK

को को हुन् त मन्त्री नहुदै बधाई पाउने नेताहरु ?

२६ श्रावण २०७३, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ – प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री बन्ने हल्ला चलाइएका अर्जुन नरसिंह केसी अचेल तनावमा छन ।सामाजिक सञ्जालबाट मात्र होइन, कसैले भेटेरै त कसैले फोन सम्र्पक गरेरै फोन सम्र्पक गरेर काग्रेंस नेता अर्जुन नरसिंह केसीलाई बधाईको ओइरो लाग्यो । पहिला गृहमन्त्री बन्ने हल्ला चल्यो । त्यही हल्लासँगै केसीलाई बधाईको ओइरो लाग्यो । आएका बधाई स्वीकार गरे पनि ।

तर जब आफू भन्दा जुनियर बिमलेन्द्र नीधिले उपप्रधान सहित गृहमन्त्री बने केसीले पार्टीले भागवण्डा लगाएको रक्षा मन्त्रालयमा लिएर सरकरमा जान अस्वीकार गरे । गृहमन्त्री नपाएको झोकमा सपथ ग्रहण अस्वीकार गरेका अर्जुननरसिंह केसीलाई रक्षा मन्त्री बनाइएको खबर बाहिरियो । यस पछाडि उनलाई बधाइको ओइरो आउन थाल्यो । भन्दै थिए, ‘बधाइ दोहोराएर खाइसके । मन्त्री खाने हो कि होइन थाहा छैन ।’

शेखर कोइराला

सशांक कोइरालाको स्वास्थ्यका कारण शेखर कोइरालालाई परराष्टमन्त्री बनाइएको हल्ला चल्यो । तर, उनी नियुक्त भइसकेका थिएनन् । कार्यकर्ताको फोन सहजै उठाउने शेखर भन्दैथिए, ‘पहिले हुन त दिनोस् । अझै केही भएकै छैन ।

राम कार्की

प्रचण्डले प्रधानमन्त्रीको सपथ खाएकै दिन मन्त्री बन्ने पक्का भनिएका  राम कार्की मंगलबार संचारमन्त्री नियुक्त भएको चर्चा चल्यो । उनलाई धेरैले बधाइ दिए । उनले स्विकारपनि गरे । अझैं पनि उनी शंकामै छन,किनकी नेपालको राजनीतिमा रातारात ‘यू टर्न’भएको धेरै राजनीति खेल कार्कीले देखेकाछन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: