
काठमाडौँ – सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सार्वजनिक यातायातमा विद्यमान सिण्डिेकट प्रणाली खारेजीको माग गर्दै बुधबार राजधानीमा प्रदर्शन गरेको छ ।
क्रान्तिकारीको प्रदेश नम्बर–३ को आयोजनामा काठमाडौँको मीनभवनमा विद्यार्थीले अपराह्न २ः३० देखि ३ः ३० सम्म एक घण्टा धर्ना तथा प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले यातायातको सिण्डिकेट खारेज गर, थोत्रा गाडी निधेष गरलगायतका नारा लगाएका थिए ।
क्रान्तिकारीका सचिव एवं क्षेत्र नम्बर–३ का संयोजक विजय गौतमले यातायात व्यवसायमा हाल कायम सिण्डिकेटका कारण क्षमताभन्दा बढी यात्रु बोकेका बस दुर्घटनामा सर्वसाधारण यात्रुले अनाहका ज्यान गुमाउनुपरेकाले सम्वद्ध पक्षको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको बताए ।
काभ्रेमा भएको बस दुर्घटनाको कारण सिण्डिकेट भन्दै उनले तत्काल सिण्डिकेट अन्त्यका लागि सरकारसँग माग गरे । कोणासभालाई संगठनका केन्द्रीय उपाध्यक्ष अनिल शर्माले सम्बोधन गरेका थिए ।
शर्माले काभ्रेसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा मृत्यु भएकाका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार तथा दोषी चालक र सवारी धनीमाथि कारबाही गर्न सरकारसँग माग गरे । सिण्डिकेट अन्त्य नहुँदासम्म आन्दोलन जारी राख्ने उनले बताए । उपाध्यक्ष शर्मा उर्जामन्त्री जनादर्शन शर्माका सहोदर भाई हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्